April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

२२ बर्ष देखि छाेरीकाे याताना सहेर बस्दै बृद्ध दम्पती

मा प्रकाशित

बेलाैरी । कञ्चनपुरकाे बेलाैरी नगरपालिका ६ का एक बृद्ध दम्पती २२ बर्ष देखि छाेरीकाे याताना सहेर बस्न बाध्य रहेका छन । बेलाैरीका ७० बर्षिय बृद्ध टेक बहादुर रावत र उनकी श्रीमती ६९ बर्षिया धनिसरा रावत छाेरीकाे यातना सहेर बस्न बाध्य रहेका छन ।
आफ्नै छाेरी ज्ञानु देबीले दिनहु अश्लिल शब्द प्रयाेग गर्दै गाली गलाैच गर्ने गरेकाे बृद्ध दम्पती बताउँछन् । विगत २२ बर्ष देखि यस्तै गाली गलाैज गर्दै झगडा गर्ने गरेकाे बृद्ध दम्पती बताउछन । छलफलका लागि नगरपालिकाकाे न्यायिक समितिमा पुग्दा समेत कुनै छलफल नै नभएकाे उनी बताउछन । कार्बाहीका लागि पटक पटक प्रहरी कार्यालयमा निवेदन दिदा पनि आफुले न्याय नपाएकाे बृद्ध दम्पतीकाे गुनासाे छ । भावुक हुदै धनिसराले आफ्नै काेखबाट जन्म लिएकाे सन्तानले दुर्ब्यवहार गर्दा मन दुखेकाे बताउछिन ।
आफ्नाे नाममा रहेकाे १५ कठ्ठा जमिनकाे लालपूर्जा समेत हिनामिना गरेकाे बृद्ध टेक बहादुर रावत बताउछन । ज्ञानु देबी वि.सं. २०५६ सालमा कैलालीकाे अत्तरीयाका एक पुरूष सँग भागि बिवाह गरेकी थिईन तर पारिवारिक बिबादका कारण वि.सं. २०५७ साल देखि माईतमै बस्दै आएकिछिन । बृद्ध दम्पतीका एक छाेरा थिए । एककाे दुर्घटनामा परी मृत्यु भएकाे हाे भने अर्का छाेरा सम्पर्क बिहिन छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु