दानसिह डगौरा ।
बेदकाेट । कञ्चनपुरको बेदकोट नगरपालिकामा आज बाल दिवस भब्यताका साथ मनाइएको छ । बेदकोट नगरपालिकाको वडा नं.५ धरमपुर स्थित श्री मुक्ति आधारभुत बिद्यालयमा बाल दिवस मनाइएको हो । मुक्ती आधारभुत विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कलौटी देबी चौधरीको संयोजकत्वमा मनाइएको बाल दिवसमा बाल अधिकारका बारेमा सचेतना मुलक कार्यक्रम गरिएका थिए । शिक्षा बालबालिकाहरुको नैसर्गिक अधिकार हो, शिक्षा नै बालबालिकाहरुको उज्ज्वल भविष्य हो भनि नियमित रुपमा आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउनका लागि अभिभावकहरुलाई सचेत गराएको मुक्ती आधारभुत विद्यालय धरमपुरका प्रधानाध्यापक धर्मानन्द जोशीले बताउनु भयो । बाल दिवसको अवसरमा श्री मुक्ती आधारभुत विद्यालयमा नाचगान सहित सांस्कृतिक कार्यक्रम गरिएको छ भने बाल बालिकाहरुलाई फलफुल समेत बितरण गरिएको प्रधानाध्यापक जोशीले बताउनु भयो । यस विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्ने जम्मा ३१४ जना बिद्यार्थीहरु रहेका छन् । ति मध्ये २०५ जना मुक्त कमैयाका बालबालिकाहरु जसमा छात्र ९० जना र छात्रा ११५ जना छन । यसैगरी ९५ जना दलित बालबालिकाहरु जसमा छात्र ३५ जना र छात्रा ५५ जना रहेका छन भने १४ जना गैर दलित बालबालिकाहरु रहेका छन् ।
मा प्रकाशित