April 25, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडी गाउँपालि डुबानमाकाे उच्च जाेखिममा

मा प्रकाशित

कञ्चनपुर, असाेज ०१ । गए राति आएकाे अबिरल बर्षाका कारण दाेदा नदीमा आएकाे बाढीले लालझाडीमा हजाराैँ घर डुबानमा परेका छन । गाउँपालिकाकाे कार्यालय समेत  डुबानकाे उच्च जाेखिममा परेको छ ।
डुबानका कारण कार्यालयकाे काेठामा अहिले पानि र हिलाे जमेकाे छ । क्षति बारे जानकारी आउन बाँकी रहेकाे पालिका अध्यक्ष निर्मल रानाले जानकारी गराउनु भयाे । घरमा पसेपछि लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेका छन ।

लालझाडिकाे वार्ड नं. २ कञ्जमा रहेको भानु माविकाे भवन निर्माण सामाग्री नाेक्सान गरेकाे छ । डुबान हुँदा चार काेठा नयाँ भवन निर्माणका लागि काेठामा राखिएकाे ४ सय बाेरा सिमेन्ट नाेक्सान भएकाे हाे । पाँच काेठामा राखिएको पिपि कार्पेटमा समेत नाेक्सान भएकाे छ । करिब एक लाख पचास हजार बराबरकाे कार्पेट नाेक्सान भएकाे छ । बाल बिकास कक्षाका लागि राखिएकाे पुस्तकमा समेत नाेक्सान पुगेकाे प्रधानाध्यापक बेद प्रकाश उपाध्यायले जानकारी गराउनु भयाे । क्षति बारे थप बिवरण आउन बाँकि रहेकाे विद्यालयले जनाएकाे छ । 
बाढीले लालझाडी गाउँपालिकाकाे कार्यालय समेत डुबानमा परेको छ । क्षति बारे जानकारी आउन बाँकी रहेकाे पालिका अध्यक्ष निर्मल रानाले जानकारी गराउनु भयाे । घरमा पसेपछि लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेका छन । शुक्लाफाँटा सँग जाेड्ने देखतभुलिकाे झाेलुङ्गे पुल समेत बाढीले बगाएकाे छ ।
लालझाडी गाउँपालिकाकाे वार्ड नं. २, ३, ४ र ५ मा सयाैँ घर डुबानमा परेका छन । बाढीले घरमा राखेकाे खाद्यान्न तथा लत्ताकपडा बाढीले बगाएकाे छ । अहिले उद्धार कार्य जारी छ । आवत जावत पूर्णरूपमा बन्द भएका कारण यकिन तथ्याङ्क सँकलन हुन नसकेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक दान सिँह भण्डारीले जानकारी गराउनु भयाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु