जुद्ध चाैधरी ।
कञ्चनपुर, असाेज ०१ । दुई दिन देखिकाे अबिरल बर्षाका कारण दाेदा नदीमा अाएकाे बाढी गाउँमा पस्दा लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेका छन । स्थानिय निकायले उनीहरुकाे खाने र बस्ने ब्यवस्थापन नगरिदिदा बिचल्लीमा परेका छन ।
घर भित्र पानि पसेर पानि र हिलाे जमेका कारण बस्न सकिने अवस्था नरहेकाे स्थानियले गुनासाे गरेका छन । तत्कालका लागि सुख्खा खाना र शुद्ध पानीकाे मात्र ब्यवस्थापन गरिदिए केहि हद सम्म राहत हुने एक स्थानीय श्रीकृष्ण रानाले जानकारी गराउनु भयाे । लालझाडीमा १, २, ३, ४ र ५ नम्बर वडामा बाढीले ठुलाे क्षती गरेकाे छ ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले तत्काल खान बस्नकाे कुनै ब्यवस्था गर्न नसकिएकाे बताउनु भयाे । अाईतवार मात्र बाढी प्रभावितकाे घर सम्म जान सकिने पालिका अध्यक्ष बताउछन । लालझाडीमा सबभन्दा बढी वडा ३ नं. मा घर डुबान भएका छन ।
पुनर्वास नगरपालिकामा भने बाढी प्रभावितका लागि खाद्यान्न उपलब्ध गराएकाे छ । बस्नका लागि सिमरी स्थित भिमसेन बाबा सत्सँग भवनमा ब्यवस्था गरिएकाे स्थानिय विपद ब्यवस्थापन समितिका सँयाेजक तिर्थराज रानाले जानकारी गराउनु भयाे । पुनर्वासमा ११८ घर धुरी डुबानमा परेका छन ।
![](https://www.nagarikaawaj.com.np/wp-content/uploads/2022/08/punarwash-add-0k.jpg)