April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको दोदा किनारकाे ऊखुबारीमा तीन शव फेला

मा प्रकाशित

पुनर्वास ।
कंचनपुरको पुनर्वासमा पर्ने दोदा नदि किनारको उखु बारीमा पहिचान नखुलेका तीन जनाको शव फेला परेको छ ।

आईतबार दिउँसो ४ बजेतिर लालझाडी गाउँपालिका-१ मा पर्ने दोदा नदि किनारको उखुबारीमा दुईजना र पुनर्वास-१० स्थित दोदा किनारमा एक जना गरी तीन जनाको शव सडेको अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उक्त फेला परेका शवहरु तत्कालका नभएर केहि समय पहिलेका शवहरु भएको जानकारी दिए ।

“भेटिएका शवहरु पहिचान गर्न नसकिने र सडेको अवस्थामा छन् ।” प्रहरी निरीक्षक मल्लले भने, “शवलाई के गर्ने भन्ने विषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई बोलाएका छौ, उनीहरु पुगेपछि यसको व्यवस्थापन गर्छौ ।”

एउटा शवमा लुगा महिलाको जस्तो छ, भने दुई शव कंकाल जस्तो अवस्थामा भएको प्रहरी निरीक्षक मल्लले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु