April 24, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

मा प्रकाशित

पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ ।बिहिबार पुनर्वास-५ स्थित त्रिभुवनबस्ती स्वास्थ्य चौकीको पुरानो भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको हो ।

महाकाली आयुर्वेदिक औषधालयका प्रमुख डा.ओमप्रकाश कलौनीको अध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

त्यसैगरी बिशिष्ट अतिथिमा नगर उपप्रमुख भुलिया राना र अतिथीमा पुनर्वास-५ का वडाध्यक्ष पदम रोकाया, प्रशासन अधिकृत धौलराम सार्की लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियोे।कार्यक्रममा प्रमुख अतिथी शर्माले स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन आयुर्वेद आरोग्य केन्द्र स्थापना गर्न सफल भएको बताए ।

त्यस्तै पुनर्वास-५ का वडाध्यक्ष पदम रोकायाले अङ्ग्रेजी औषधिको असरका कारण सबै आयुर्वेदिक पद्धति तर्फ आकर्षण बढ्दो रहेको बताए । आगामी दिनमा नगरपालिकाले मात्रै हैन आयुर्वेदिक सेवालाई सबैले थप प्रभावकारी ढंगबाट अगाडि बढाउदै लैजानुपर्ने उनको भनाई छ ।प्रशासन अधिकृत धौलराम सार्कीले अङ्ग्रेजी औषधीको तुलनामा प्राकृतिक जडिबुटीबाट उपचार हुने आयुर्वेद उपचार तर्फ नगरपालिका लागिरहेको बताए ।

कार्यक्रममा सभापति डा.कलौनीले आयुर्वेद हाम्रो आफ्नै उपचार पद्धति भएको बताए। उनले परापुर्वकाल देखि नै आयुर्वेदिक औषधि उपचार हुने गरेको तर्क दिए । सरकारले अहिले मेडिसिनमा आत्मनिर्भर बनाउनका लागि आयुर्वेद औषधालय सबै पालिकामा विस्तार गरिरहेको उनको भनाई छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु