September 11, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

छाडा पशुचौपायाले हैरान पुनर्वास ११ का किसान

मा प्रकाशित

धन बहादुर बिक/
पुनर्वास ।    जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास का किसानहरु छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । खेतमा लगाएको धान तथा मकै वाली छाडा पशुचौपायाले खाएर नष्ट गर्न थालेपछि किसानहरुले सास्ती भोग्दै आएका हुन् ।

पुनर्वास नगरपालिका ११ अमरबस्ती स्थित शान्ति टोलवासी किसानहरूको धानबाली र मकैबाली छाडा पशुचौपाया ले खायर नष्ट पार्दै आएका छन । छाडा पशुचौपाया हरू गाउँ संगै जोडिएको स्थानीय अमरगोकुल सामुदायिक बन सिद्धदेवी सामुदायिक बन तथा श्री अमर श्रीकृष्ण सामुदायिक बन मा बस्ने र रात पर्ने बितिकै धानबाली मा पसि नष्ट गर्ने गरेको पिडित दिनेश बिकले बताए । ६० देखि १०० वटा सम्मको सङ्ख्या मा आउने गरेका छाडा पशु चौपाया हरू बढी जसो रातीको समय खेतवारीमा पसेर बाली नष्ट गर्दै आएको स्थानीय हरूको भनाई छ । पछिल्लो समय छाडा चौपायाका कारण किसानहरुले लगाएको खेतीमा मात्रै नभई सार्वजनिक यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ् । छाडा पशुचौपाया धपाउन स्थानियहरु रातभरी जाग्रम बस्ने गरेको स्थानियहरु बताउछन् । ‘गाई गोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन्’ स्थानियहरु भन्छन्

दुहुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि छोड्ने परिपाटीले समस्या थपिदै गएको खाद्य सञ्जाल पुनर्वास का सचिव मानबहादुर थापा बताउँछन । छाडा चौपाया रोकथाम गर्न पशु चौपाया को लगत संकलन गर्नुपर्ने तथा तारजाली को व्यवस्थापन गर्नुपर्ने सञ्जाल का सचिव थापाले बताए ।

धानको बाला लहलह भएको अवस्थामा छाडा चौपाया ले एकै रातमा खेतमा पसेर उपद्रो मच्चाउदै आएको छ्’ स्थानिय चन्द्रमाया कामिले भनिन । जग्गा भएर मात्रै के गर्ने लगाएको बाली उठाउनै पाईदैन । छाडा पशु चौपाया ले विगत ३/४ बर्षदेखी गहुँ ,धान र मकैबाली नष्ट पार्दै आएको स्थानीय उत्तम महर्जनले बताए । छाडा चौपाया ले बर्सेनि लगाएको बाली नष्ट पार्दै आएपछि १० कठ्ठा जग्गा बाझै राख्नुपरेको बताए ।
किन खेती लगाएछु जस्तो लागिरहेको छ् स्थानीय अम्मरे कामी दुखेसो पोख्छन । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले स्थानीय करन रोकाया ले दुख व्यक्त गरे ।’   

वर्षभरिका लागि खान पुग्ने खेत एकै रातमा छाडा चौपायाले सखाप पार्न थालेपछि जहान केटाकेटी कसरी पाल्ने भन्ने चिन्ता रहेको छाडा पशु चौपाया पिडित लोकबहादुर आउजी बताउँछन् । सयौं किसानहरूको धानबाली छाडा चौपाया ले नष्ट पारेको छ । छाडा चौपाया ले बाली नष्ट पारेपछि कतिपय स्थानीय हरू परिवार को खर्च जोहो गर्न भारत तर्फ जान थालेका छन ।

यस बिषयमा पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले छाडा चौपाया बाट पिडित किसान हरू प्रति सहानुभूति प्रकट गर्दै पिडितहरूबाट क्षति विवरण सहित निवेदन आएमा राहतका लागि पहल गरिने बताउनुभएको छ । छाडा पशु चौपाया रोकथामका लागि तारजाली लगाउन१० लाख रकम वडाबाट छुट्टयाइएको र ६ लाख( ताल ) संस्थाले सहयोग गर्ने भएको छ तथा १५ लाख रकम सुदूरपश्चिम प्रदेश सरकार ले बिनियोजन गरिसकेको वडा अध्यक्ष तुलसी अर्यालले बताएका छन । अध्यक्ष अर्याल का अनुसार आगामि पुस मसान्तसम्म बाट तारजाली जडान गरिने योजना रहेको  बताउनुभयो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु