March 28, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

तेस्रो फारवेष्ट कप पेनाल्टी शुट आउटको उपाधि अलङ्कारलाई

मा प्रकाशित

कञ्चनपुर  । कञ्चनपुरको पुनर्वास १० मा रहेको फारवेष्ट इन्टरनेशनल स्कुलले आयोजना गरेको तेस्रो फारवेष्ट कप पेनाल्टी शुट आउट प्रतियोगिताको  उपाधि अलङ्कार पब्लिक स्कुलले जितेको छ ।

शुक्रबार भएको  अन्तर विद्यालय स्तरीय पेनाल्टी शुट आउट प्रतियोगितामा पुनर्वास नगरपालिका-८ स्थित अलङ्कार पब्लिक स्कुलले उपाधि कब्जा गरेको हो । उसले उपाधि कब्जा गर्दै नगर २५ हजार पुरस्कार समेत प्राप्त गरेको हो ।

यस्तै प्रतियोगिताको उपविजेता पुनर्वास-६ को खप्तड इङ्लिस स्कुल बनेको हो  । उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको फारवेष्ट इन्टरनेशनल स्कुलका संस्थापक काशीराम बोहराले जानकारी दिए ।

संस्थापक बोहराले पेनाल्टी शुट आउट प्रतियोगितामा कैलाली९कञ्चनपुरका निजी तथा सामुदायिक १९ विद्यालयको सहभागिता रहेको बताए । स्कुलले प्रत्येक वर्ष फारवेष्ट कपको नामबाट पेनाल्टी सुट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु