March 14, 25
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चाडपर्वमा जुवातास नखेल्न जिल्ला प्रशासन कञ्चनुरकाे आग्रह

मा प्रकाशित

जुद्ध चाैधरी ।

कञ्चनपुुर , असाेज १५ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्वमा जुवातास तथा खडखडे नखेल्न सबैमा आग्रह गरेकाे छ । 

चाडपर्व नजिकिए सँगै टाेल टाेलमा जुवातास तथा खडखडे खेल्नेहरुकाे भिड नै लागेकाे हुन्छ । तर जुवातास खेलिरहेकाे भेटिएमा कार्बाहि गरिने जिल्ला प्रशासनले जनाएकाे छ । जुवातास खेल्दा भिडभाड हुने र झै झगडा हुन सक्नेे भएकाले यस्ता कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले अनुराेध गरेकाे हाे । यस्ता उछ्रीङ्खल गतिबिधि गर्नेलाई नियन्त्रणमा लिई कार्बाहि गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिईसकेकाे जिल्ला प्रशासन कार्यालय कञ्चनपुुरका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद आचार्यले बताउनु भयाे । चाड पर्वका बेला चाेरी, डकैती लुटपाट जस्ता सामाजिक अपराधका घट्ना हुन सक्ने भएकाले सबैमा सचेत रहन समेत आग्रह गरिएकाे छ ।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु