April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढीमा लेडि जेसिसको दसैँ–तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मा प्रकाशित

धनगढी, १५ असोज । धनगढीमा लेडि जेसिसले आयोजना गरेको दसैँ–तिहार तथा छठ पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको  छ ।
समाज विकासका लागि सबै एक जुट भएर हातेमालो गर्दै अगाडि बढ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैकाले बताए । उनले भने  जेसिस आफैमा पनि समाज सेवि र प्रगतिशील भावना भएको  संस्था हो ।
यो संस्थाले हरेक क्षेत्रको काम अगाडी बढाएको र अब आउने दिनमा पनि समाजमा लागि काम गदै अगाडी बढ्ने  आशा गरेको प्रमुख अतिथि रैकाले बताए ।आउँदै गरेको  विजया दशमीको  शुभकामना दिँदै धनगढी लेडि जेसिसकी अध्यक्ष सरस्वती खडका भट्टले भनिन चाडपर्व आफ्नो अवस्थाले भ्याए अनुसार सबैले रमाइलोका साथ मनाउने पर्ने बताइन । लेडि जेसिसले विभिन्न सङ्घ संस्था सँग काम सहकार्य गरेर काम गदै आएको र आगामी दिनमा पनि सबै निकाय,सङ्घ संस्थासँग  हातेमालो गदै अगाडी बढ्ने जेसिसकी अध्यक्ष भट्टले बताइन ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त, नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश सदस्य शान्ति क्षत्री,नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मी भण्डारी, ,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा।टी एन जोशी, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट,ओम,धनगढी लेडि जेसिजकी निर्देशक  सरिता साउद त्यस्तै  धनगढी लेडि जेसिजकी  उपाध्यक्ष निर्मला भट्ट लगायतको उपस्थिति रहेको थियो ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु