March 28, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरको बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने 

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।बेलौरी नगर पालिका वडा नं ४ को मुख्य प्रायोजन र बेलौरी नगर पालिका वडा नं ४ मा अवस्थित श्री उग्रतारा बाल विद्यालय तथा बेलौरी ब्याडमिन्टन क्लबको संयुक्त आयोजनामा असोज २७, २८ र २९गते क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको आयोजना तीव्र गतिमा भइरहेको बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट करिब २० टिमले सहभागिता जनाउने आयोजनले बताएको छ ।
क्षेत्र नं १ मा ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने र यस खेल प्रति युवाहरूको आर्कषण बढाउने उद्देश्यले उग्रतारा बाल विद्यालयले बि।सं २०७१ साल देखी निरन्तर रुपमा ब्याडमिन्टन प्रतियोगिता गर्दै आईरहको छ । विगत २ वर्ष कोरोना महामारीका कारण सो प्रतियोगिता गराउन नसेकेको भए पनि यस वर्ष फेरी निरन्तरता दिन लागेको उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह विष्टले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु ३०,००० र द्धितिय हुने टिमले रु २०,००० नगद र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा भने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा स्थायी बसोबास रहेका खेलाडीहरूलाई वा निर्वाचन क्षेत्र नम्बर १ भित्र कार्यक्षेत्र रहेका खेलाडीहरूलाई मात्र समावेश गरिने उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह विष्टले जानकारी दिए ।
निजी लगानीमा बन्यो ब्याडमिन्टन हल 
२०७१ साल देखी निरन्तर रुपमा जिल्लाको दक्षिणी क्षेत्रमा ब्याडमिन्टन प्रतियोगिता गराउँदै आएको उग्रतारा बाल विद्यालयले सुरुका वर्षहरूमा विद्यालयको फिल्डमा प्रतियोगिता गराएको थियो । बाहिर प्रतियोगिता गराउँदा मौसम र हावाको कारण प्रतियोगिता गराउन मुस्किल हुन थाले पछि २०७३ सालमा करिब ५५ लाखको लगानीमा ब्याडमिन्टन हल निर्माण गरेको हो ।
यस क्षेत्रका प्रतिष्ठित व्यवसायी तथा उग्रतारा बाल विद्यालयका प्रबन्ध निर्देशक दीपेन्द्र विष्टले यस क्षेत्रमा ब्याडमिन्टन खेल प्रतिको क्रेज बढेको देखेर, यस क्षेत्रका युवा तथा बिद्यार्थीहरुलाई ब्याडमिन्टन खेल प्रति रुचि जगाउनकै लागि निजी लगानीमा ५५ लाख खर्चेर उक्त हल निर्माण गरेका उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह विष्टले बताए ।
अहिले उक्त हलमा दैनिक करिब ३०/३५ जना खेलाडीहरूले दैनिक जसो बिहान पख ब्याडमिन्टन खेलको अभ्यास गर्दै आएका छन् । दैनिक रुपमा खेल्न आउनेहरूमा प्रहरी, सशस्त्र प्रहरी, नगर पालिका, बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, शिक्षकहरू, उक्तहलमा नियमित रुपमा खेल खेल्ने गरेका छन् ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु