कञ्चनपुर । कपिलबस्तुका सञ्जय थारुले आफ्नै ससुरालीकाे एक कराेड रकम ठगि गरि फरार भएका छन । व्यवासायिक भिषामा श्रीमती सँगै काेरिया जाने भन्दै ससुराली बाट साे रकम लिई सञ्जय फरार भएका हुन ।
सञ्जय थारुका सासु आमा पुष्पा चाैधरी छाेरी ज्वाईँ काेरियामा व्यापार गर्न जाने भनेपछि दङ्ग थिईन । वि. सं. २०७८ साल असाेज १० गते ४४ लाख रूपैया पुष्पाले आफ्नाे छाेरी निर्मा चाैधरीकाे खातामा जम्मा गरिदिईन । भिषा प्रकृया मिलाउने भन्दै सञ्जयले श्रीमती निर्मालाई झुक्याउँदै पटक पटक पैसा लिदै आएका थिए । बिभिन्न समयमा ईसेवामा लाेड गरी आफ्नाे खाता बाट सञ्जयले ब्यक्तिगत खातामा पैसा जम्मा गरेकाे निर्माले बताईन । बिभिन्न समयमा गरी एक कराेड रूपैया झुक्याएर लिएकाे पिडित परिवारले बताएका छन । पैसा लिईसके पछि सञ्जय थारु अहिले सम्म सम्पर्कमा नआएकाे पुष्पा कुमारी चाैधरी (सञ्जयका सासु) ले जानकारी गराउनु भयाे । सञ्जय थारु बिदेश पठाईदिने भन्दै बिभिन्न ब्यक्ति बाट समेत पैसा लिई ठग्दै आएकाे बुझिएकाे छ ।
फरार रहेका सञ्जयका श्रीमती निर्मा चाैधरीले आफुलाई पनि काेरिया लैजाने भन्दै प्रलाेभन देखाई आफ्नाे माईती बाट पैसा लिएकाे बताएकी छिन । निर्माले बुवाकाे बैँक खातामा रहेकाे १० लाख समेत झुक्याएर निकालेकाे बताएकि छिन । फरार रहेका सञ्जयलाइ खाेजी गरी पक्राउ गरी पाउँ भनि निवेदन दिईसकेकाे निर्मा चाैधरीले बताईन । फरार सञ्जयले अनलाईन बिजनेशका नाममा ठगी धन्दा गर्दै आएकाे पिडित परिवारले जनाएका छन । फरार रहेका सञ्जयलाई यथाशीघ्र पक्राउ गरी आफुहरुकाे रकम फिर्ता गराईदिन पिडित परिवारले आग्रह गरेका छन ।
मा प्रकाशित