April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यशाला सप्पन्न

मा प्रकाशित

     जमुना न्युरे ।                                                                          धनगढी, २५ असोज । धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा भएको कार्यक्रममा यहाँका सञ्चारकर्मीसँग छलफल गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कसरी निष्पक्ष समाचार संकलन तथा सम्प्रेषण गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिएको थियो । निर्वाचन पूर्व निर्वाचनको समयमा र निर्वाचनपश्चात् पत्रकारहरुले कसरी निष्पक्ष रिपोटिङ गर्ने भन्ने बारेमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी गराएका थिए ।

त्यसैगरि निर्वाचन र आम मतदाताको मताधिकारका विषयमा द हिमायलन टाइम्स दैनिकका सम्पादक राजन पोेख्रेलले अनुशिक्षण गरेका थिए भने पत्रकार कल्पना आचार्यले निर्वाचनमा लैगिंक, अल्पसंख्यकहरुको सहभागिताका विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा निर्वाचनमा प्रयोग हुने आचारसहिताका बारेमा कसरी सबैलाई जानकारी गराउने र पत्रकारहरुले पनि आचारसहिता पालना गर्नुपर्ने देखिने कुरालाई उल्लेख गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु