पुनर्वास । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन कञ्चनपुर १ मा नेपाली काँग्रेसले भेलाको आयोजन सुरु गरेको छ ।
कञ्चनपुर १ को चुनावी मैदानमा माओवादी केन्द्र र नेपाली काँग्रेस सम्मीलित उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । क्षेत्रबाट गठबन्धनका उम्मेदवारहरूलाई जिताउन नेपाली काँग्रेसले कञ्चनपुर १ का क र ख दुवै प्रदेश समितिका पदाधिकारी र अगुवा कार्यकर्ता बिच भेलाको आयोजना गरेको हो ।
गणतन्त्र र लोकतन्त्रको रक्षार्थ बनेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन प्रदेश स्तरका नेता कार्यकर्ता र अगुवा कार्यकर्ताहरूको भेलाको आयोजना गरिएको कञ्चनपुर १ क का नेपाली काँग्रेसका सभापति मानबहादुर रोकायाले बताए ।
प्रदेश सभा क का सभापति मानबहादुर रोकायाको सभापतित्वमा सुरु भएको भेलाका प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवान सिंह विष्ट रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य पदका उम्मेदवार बन्धु राना रहेका थिए ।
- विज्ञापन -