April 26, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ मा लाेकतान्त्रिक बाम गठबन्धनको संयुक्त बैठक सम्पन्न

मा प्रकाशित

पुनर्वास । आगामि मंसिर ४ गते हुन गईरहेकाे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पूर्वतयारीका गर्न कञ्चनपुर क्षेत्र नं. १ काे लाेकतान्त्रिक बाम गठबन्धनकाे संयुक्त बैठक बिहीबार सम्पन्न भएकाे छ ।   
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन चुनावी रणनीति तयार पार्न संयुक्त बैठक आयोजना गरिएको हो । बैठकमा नेकपा माओवादी का केन्द्रिय सदस्य एवं पुर्व मन्त्री बिना मगर , संविधानसभा सदस्य एवं काँग्रेस नेता दिवान सिंह बिष्टको सहभागिता रहेको थियो । संयुक्त बैठकमा गठबन्धनका सबै उमेद्वारलाई अत्यधिक बहुमतका साथ विजय गराउन मिलेर लाग्नु पर्ने सहभागी नेता कार्यकर्ताले बताएका छन । गठबन्धले निर्वाचन प्रचारप्रसार समिति समेत गठन बारे प्रक्रिया सुरु गर्ने निश्कर्ष निकालेको छ । प्रचारका लागि गठबन्धन पार्टीका सबै भातृ संगठनलाई समेत परिचालन गर्ने निर्णय गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै पुर्व खानेपानी मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बीना मगरले संविधान रक्षाका लागि गठबन्धनकाे विजय हुन अनिवार्य रहेकाे बताउनु भयाे । त्यसैगरी संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता दिवान सिँह बिष्टले एकजुट भएर जानुकाे बिकल्प नरहेकाे बताउनु भयाे । पार्टीबाट टिकट नपाएर बागी उमेद्वार बनेकाहरुले पार्टीकाे सिद्धान्त बिपरीत काम गरेकाले तिनकाे मूल्याङ्कन पार्टीले गर्ने बताउनु भयाे । गठबन्धनलाई घात हुने किसिमका कुनै पनि गतिबिधि नगर्न सम्पूर्णमा आग्रह समेत गर्नु भयाे । कार्यक्रममा नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु