- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

एकल प्रचारप्रसार नगर्न कांग्रेस केन्द्रीय सदस्य वडकाे आग्रह

मा प्रकाशित

जमुना न्युरे ।
धनगढी,२८ असाेज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वडले संयुक्त लाेकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई एकल प्रचार नगर्न आग्रह गरेका छन् ।
संयुक्त लाेकतान्त्रिक वाम गठबन्धन निकटका पत्रकारहरुकाे धनगढीमा अयाेजित भेलामा बाेल्दै उनले साे आग्रह गरेका हुन् ।
अलग-अलग प्रचार गर्दा गठबन्धनमा तिक्तता आउन सक्ने भन्दै उनले साे कुरा बताएका हुन् । कैलालीमा गठबन्धनका उम्मेदवारकाे जित निश्चित भएकाे बताउदै केन्द्रीय सदस्य वडले बिगतकाे तुलनामा प्रचारशैलीलाई ब्यबस्थित गरेकाे समेत उनकाे भनाई छ । यस्तै कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य वडले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाेले यसकाे सबैदलले पालना गर्नु पर्नेमा समेत उनकाे जाेड थियाे । साे कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले कैलाली जिल्लामा गठबन्धनले प्रचार-प्रचार समपति गठन र सम्पर्क कार्यालय स्थापना गरिरहेकाे बताए । भेलामा नेपाली कांग्रेसका सचिवद्वय केशव मिश्र ,नृप सुनार र प्रचार विभाग प्रमुख तपेन्द्र भुषालकाे सहभागिता रहेकाे थियाे । भेलाकाे सहजिकरण नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले गरेका थियाे ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु