March 29, 24
22.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बाम लोकतान्त्रिक गठबन्धन द्वारा कञ्चनपुर क्षेत्र १ मा बनायो संयुक्त प्रचारप्रसार समिती

मा प्रकाशित

 

पुनर्वास
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनेको सत्तारुढ दलहरुको बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर १ मा संयुक्त प्रचारप्रसारका लागि समिती गठन गरेको छ ।

पुनर्वासमा शुक्रवार बसेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिती बनाएको हो ।
उक्त समितिमा नेपाली काँग्रेसका क्षेत्रीय  सभापती गोपि प्रशाद उपाध्यायलाई सह- संयोजकको जिम्मेवारी दिईएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर एकको प्रदेशसभा १ मा निर्वाचन परिचालन समितिमा लागि नेपाली काँग्रेसका प्रदेश १ का सभापति मानबहादुर रोकायालाई संयोजकको जिम्मेवारी दिएको छ । बैठकले सह संयोजकमा माओवादी केन्द्रका कञ्चन गिरि लाई जिम्मेवारी दिएको छ । कञ्चनपुर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रदेश सभा २ का सभापति चेतन कुमार राइलाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ । सह- संयोजकमा नेकपा माओवादी केन्द्रका राजेन्द्रप्रसाद जोशीलाई जिम्मेवारी दिइएको नेपाली काँग्रेसका क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्यायले बताए ।

संविधानको रक्षा , गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरुलाई निर्धक्क मतदान गर्न सम्पुर्ण लोकतन्त्रवादी जनसमुदायमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले आह्वान गरेको बताए ।

देशमा लोकतन्त्र र संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएकोले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउन पर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु