धनगढी । नेपालीहरूको महान् चार्ड दसैँ तथा दीपावलीको अवसरमा नमुना नेपाल अभियानले आयोजना गरेको वृहत् खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शनिवार सम्पन्न अब फुलवारी दौडिन्छ भन्ने मूल नाराका साथ आयोजना गरिएको ८ किलोमिटरको दौड प्रतियोगितामा वीरेन्द्र प्रसाद भट्टराई प्रथम भएका छन् । उनले प्रथम हुँदै नगद १० हजार समेत पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै दौड प्रतियोगितामा द्वितीय रोशन कार्की भएका छन् भने तितृय राहुल चौधरी भएको नमुना नेपाल अभियानका अध्यक्ष याम लामिछानेले जानकारी दिए । उनीहरूले कम्रश ५ हजार र दुई हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् ।