- विज्ञापन -
November 29, 22
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडी – बेलडाँडीमा बाम लोकतान्त्रिक गठबन्धनको भेला कंचनपुर

मा प्रकाशित

 

कंचनपुर
आसन्न निर्वाचनमा सर्वाधिक मतान्तरले जित सुनिस्चित पार्न बाम लोकतान्त्रिक गठबन्धनले कंचनपुर १ मा संयुक्तरूपमा चुनावी कार्यक्रमलाई बढाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को बेलडाँडी गाउँपालिका र लालझाडी गाउँ पालिकामा सोमबार (आज ) चुनावी कार्यक्रम अन्तर्गत भेलाको आयोजना गरिएको बाम लोकतान्त्रिक संयुक्त चुनाव प्रचारप्रसार समितिका सह संयोजक नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

- विज्ञापन -

आज बेलडाँडी गाउँपालिकामा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा नेपाली काँगेस कंचनपुरका नेता संविधानसभा सदस्य एवं प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्टको प्रमुख आतिथ्य रहेको र लालझाडी गाउँ पालिकामा आयोजित संयुक्त भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं चुनाव प्रचारप्रसार समितिका संयोजक लोकेन्द्र लम्सालको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

सत्तारुढ पाँच दलिय गठबन्धनका शिर्ष नेतृत्वको सहमति र सहकार्यमा गरिएको गठबन्धन देशमा स्थिरता , दिगो सरकार , संविधान र लोकतन्त्रको रक्षाको लागि आबश्यक रहेकाले निर्धक्क भएर भयमुक्त भइ गठबन्धनका साझा उम्मेदवारहरुलाइ मतदान गर्न आह्वान गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले जनाए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु