कञ्चनपुर
कञ्चनपुर १ मा निर्वाचन केन्द्रित कार्यक्रमहरुलाई ब्यबस्थित बनाउदै लगेको लोकतान्त्रिक बाम गठबन्धनले प्रदेश १ को संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
बुधबार एक कार्यक्रमका विच लोकतान्त्रिक बाम गठबन्धनले पुनर्वास नगरपालिका ३आईबिआरडीमा संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरेको हो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ स्तरीय लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कुनाव प्रचारप्रसार समितिका संयोजक मानबहादुर रोकायाको अध्यक्षतामा आयोजित एक कार्यक्रममा गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेशसभा सदस्य उम्मेदवार बन्धु रानाले संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको बताउदै सोही अनुरुप क्षेत्रमा समेत उम्मेदवार चुनावी मैदानमा आएको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जिताउन गाँउ, बस्ती घर घरमा खटिन आब्हान गर्नुभयो ।
पुर्व खानेपानीमन्त्री समेत रहेकी प्रतिनिधी सभा सदस्य उम्मेदवार मगरले क्षेत्रको थप विकासका लागि आफ्नो तर्फबाट पुन पहल गर्ने बताईन । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार बन्धु रानाले अहिले मुलुकको आवश्यकता संविधान रक्षाका लागि गरिएको लोकतान्त्रिक बाम गठबन्धन अनुरुप गठबन्धन दलभित्रका नेता कार्यकर्ताले युद्धस्तरमा खटिनुपर्ने बताउँदै विकासका लागि तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन ।
पुर्नवासका स्थानीयले पुन मगरले जितेसंगै मन्त्री हुँदै र थारु समुदायबाट बन्धु रानाले समेत जिते क्षेत्रकै विकास हुने अपेक्षा गरेका छन । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले जसरी भएपनि उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रतिबद्धता गरेका छन ।