- विज्ञापन -
November 29, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ को प्रदेश २ मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी अभियान तिब्र पार्दै

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुर १ को प्रदेश २ अन्तर्गत बेलडाँडीमा लोकतान्त्रिक बाम गठबन्धनले निर्वाचन केन्द्रित कार्यक्रमलाई तिब्र बनाउदै लगेको छ ।
प्रदेशसभा २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई सर्वाधिक मतान्तरले बिजयी बनाउन संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्टले चुनावी अभियानलाई ब्यबस्थित र प्रभावकारी बनाउदै लगेका छन् । बेलौरी नगरपालिका ७ स्थित बरैयामा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरि बेलडाँडी पुगेका नेपाली काँग्रेसका नेता बिष्टले बेलडाँडी २ मा लोकतान्त्रिक बाम गठबन्धनका नेताकार्यकर्ता हरु बिच भेलाको आयोजना गरि निर्वाचनमा उम्मेदवारहरुलाई जिताउन टोलटोलमा खटन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
बेलडाँडीमा आयोजित कार्यक्रममा सम्बोधन पछि नेता बिष्टले बेलौरी नगरपालिका ९ मा आयोजना हुने लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलामा सहभागी हुने कार्यक्रम रहेको नेपाली काँग्रेस प्रदेश २ का सभापति एवं चुनाव प्रचारप्रसार समित्तिका संयोजक चेतन राइले बताए ।
कार्यक्रम गोरख राज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु