January 18, 25
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा बजार अनुगमन

मा प्रकाशित

कञ्चनपुर  । कञ्चनपुरको पुनर्वास नगरपालिकाले चार्ड पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । बजारमा गुणस्तरहीन खाद्यवस्तुहरूको बिक्री वितरणका कारण उपभोक्ताको स्वास्थ्यसँग व्यवसायीहरूले खेलबाड गरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पारिरहेको कुरालाई मध्यनजर गर्दै  नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको  हो ।

पुनर्वास नगरपालिकाका नगर उप उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक भुलिया कुमारी रानाको नेतृत्वमा तिहार नजिकिँदै गर्दा अहिले पनि  दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा चरम लापरबाही हुन सक्ने भन्दै अनुगमन सुरु गरिएको हो।

बजार अनुगमनका क्रममा अधिकांश किराना पसलहरूमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थहरू फेला परेका छन् ।

दसैँ अघि सुरु गरिएको अनुगमनलाई निरन्तरता दिँदै पुनर्वास नगरपालिका ३ स्थित आई.बि.आर.डी. बजारमा गरिएको ४५ पसल मध्ये करिब एक दर्जन किराना पसल हरूमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ फेला परेको हो ।  कालिका बजार स्थित स्मृति किराना तथा मदिरा पसलमा ९५ प्रतिशत  म्याद नाघेका सामान फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी आई.बि.आर.डी. बजारकै अर्को सहकारी पसल जनसेवा ट्रेड सप्लायर्स मा पनि म्याद नाघेका बिस्कुट नमकिन , मह , चाउचाउ  , दूध पाउडर , मसाला हरू लगायतका सामान अनुगमन समितिले फेला पारि नियन्त्रणमा लिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु