- विज्ञापन -
December 5, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको ९ र १० मा लोकतान्त्रिक बाम गठबन्धनको कार्यालय उद्घाटन

मा प्रकाशित

 

पुनर्वास
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवार हरुको जित सुनिश्चित बनाउन लोकतान्त्रिक बाम गठबन्धनले चुनावी प्रचार अभियानलाई ब्यबस्थित बनाउदै लगेको छ ।
चुनावी प्रचारप्रसारलाई ब्यबस्थित र प्रभावकारी बनाउने रणनीति लिएको लोकतान्त्रिक बाम गठबन्धनले कञ्चनपुरको पुनर्वास नगरपालिकाको ९ नम्बर र १० नम्बर वडामा संयुक्त कार्यालय उद्घाटन गरेको हो ।
सोमबार पुनर्वास ९ को बिचफाँटामा आयोजित उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा समिती सदस्य बीरबल बिश्वकर्मा प्रमुख अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्साल , नेपाली काँग्रेस कञ्चनपुर १ का सभापति गोपी प्रसाद उपाध्याय , नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश सदस्य एवं समानुपातिक उम्मेदवार चमेली तामाङ , माओवादी केन्द्रका समानुपातिक उम्मेदवार रामबहादुर देवकर , नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि अमरजन साउद, गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बन्धु राना लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु