April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कृष्णपुरका थारु समुदायका अगुवा भन्छन – ‘हाम्रो मुक्तिका लागि राजनीतिक सघर्ष गरेका लोकतान्त्रिक बाम लाई साथ दिन्छौँ’

मा प्रकाशित

 

कञ्चनपुर,
कञ्चनपुरको कृष्णपुर नगरपालिका थारु समदुायका अगुवाले सिङ्गो थारु समुदायको राजनीतिक, समाजिक हक अधिकारका लागि संघर्ष र त्याग गरेको लोकतान्त्रिक बाम गठबन्धनलाई साथ दिन घोषाणा गरेका छन ।
बुधबार थारु समाज कृष्णपुरको बालुवाफाँटामा आयोजना गरेको दिपावली, छठ पर्वको अवसरमा आयोजिक शुभकामना आदान प्रदान कार्यक्रममा थारु समुदायका अगुवाले यस पटक बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई साथ दिने घोषणा गरेका छन ।
काँग्रेस र माओवादीले थारु समुदायको राजनीतिक हक अधिकारका लागि ऐतिहासिुक जिम्मेबारी पुरा गरेको भन्दै यस पटक दुवै राजनीतिक शक्ति एक ठाँउमा आएकाले यस पटक सहयोगको बाचा गरेका हुन । कार्यक्रममा कृष्णपुरका थारु अगुवा मख्खन चौधरीले थारु समुदायको उन्मुक्ति राजनीतिक एव समाजिक हक अधिकारका लागि काँग्रेस र माओवादीको छुट्टाछुट्टै भूमिका रहेको भन्दै आफ्नो समुदायको राजनीतिक अधिकार सुनिश्चित गराउने दल बाम लोकतान्त्रिकलाई सहयोग गर्ने खुलेरै घोषणा गरेका छन ।
थारु समुदायकी अगुवा पदमा रानाले अहिले विभिन्न थरथरीका जात समुदायको कुरा अघि सारेर वास्तविक उत्पिडनमा परेका आम थारु समुदायको हक अधिकारलाई राजनीतिक रुपमा संविधानकै उल्लेख गराउने दल र तिनका उम्मेदवारलाई साथ दिने बताईन । ‘हामी थारु समुदायको साच्चिकै राजनीतिक हक अधिकार र संविधानकै व्यवस्था गर्नमा माओवादीको ठुलो योगदान छ, ‘उनले भनिन, ‘शान्ति प्रकृयादेखि नयाँ संविधानमा माओवादी र काँग्रेस नेतृत्वको ऐतिहासिक भूमिका छ ।’ केही र व्यक्ति थारु समुदायमा जातिय नारा र चिल्ला कुरा ल्याएर गाँउ छिरेको भन्दै त्यस्ता भिजलान्तेबाट होसियार रहन समेत सचेत गराएका छन । कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेसका केन्द्ीय सदस्य तथा पुर्वमन्त्री क्षेत्र २बाट बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउदले थारु समुदायको राजनैतिक समाजिक हक अधिकार र समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए । कार्यक्रममा बिशिष्ठ अथिति माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा संविधान सभा सदस्य देवीलाल चौधरीले माओवादी पार्टीकै कारण थारु समुदाय राजनीतिमा आएको अहिले संविधान जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नभएको बताए । कार्यक्रमकै अर्का बिशिष्ठ अतिथि एव क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले प्रदेश सभा र प्रदेश सरकारमा थारु समुदायका हक अधिकारदेखि थारु लोक संस्कृति संरक्षणका साथै थारु समुदायको सीपकलाको सदुपयोग गरिने बताए । काँग्रेसबाट समानुपातिक उम्मेदवार गिता चौधरी, माओवादी युवा नेता अमिन प्रशाद दहित, माओवादी कञ्चनपुरका जिल्ला संयोजक खेम पाण्डे सहितका नेता कार्यकर्ताहरुले संविधानको रक्षा गर्दै आम उत्पिडित समुदायको हक अधिकार सुनिश्चित गराउनका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताउदै त्यसका लागि थारु समुदायबाट एकढिक्का भएर साथ सहयोगको अपिल गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु