- विज्ञापन -
December 5, 22
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार जिताउन बेलौरी वडाहरुमा कार्यालय

मा प्रकाशित

कञ्चनपुर,
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि बेलौरी नगरपालिकाका वडाहरुमा संयुक्त प्रचारप्रसार वडा समितिका कार्यालय खोलिएका छन ।

लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र १(ख) मुल निर्वाचन परिचालन समितिका संयोजक चेतन कुमार राईले शुक्रबार बेलौरी नगरपालिका १ र ६ नम्बर वडामा निर्वाचन परिचालन समितिका कार्यालय उद्घाटन गरिएको बताए ।

- विज्ञापन -

लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र १(ख) मुल निर्वाचन परिचालन समितिका सह संयोजक राजेन्द्र प्रशाद जोशीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी बहुमतले जिताउनका लागि वडा वडामा सम्पर्क कार्यालय मार्फत नेता कार्यकर्ताहरुले एकढिक्का भएर संविधान पक्षधर शक्ति विजयी गराउने प्रतिबद्धता जोहर गरेका छन ।

निर्वाचन परिचालन वडा कार्यालय उद्घाटन गर्दै लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट १(ख) उम्मेदवार दिवान सिह विष्टले संविधान रक्षाका साथै क्षेत्रको विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारत्रय बिना मगर, आफु दिवान सिह विष्ट र बन्धु रानालाई भारी मतदिन अपिल गरेका छन ।
नेकपा माओवादी नेतृ एव समानुपातिक उम्मेदवार दिपा चौधरीले वडा वडामा लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्ता आफ्ना उम्मेदवार जिताउन युद्धस्तरमा खटिनुपर्नेमा जोडदिएका छन ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु