April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लोकतान्त्रिक बाम गठबन्धनले कञ्चनपुर २ मा आइतबार एक साथ वडा भेला गर्ने

मा प्रकाशित

 

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनले एक साथ सबै वडाहरुमा भेला गर्ने भएको छ ।

निर्वाचन क्षेत्र २ का ३०वटै वडाहरुमा लोकतान्त्रिक बाम गठबन्धनले एक साथ वडाहरुमा भेला गर्ने भएको हो । यस अघि एक साथ सबै वडाहरुमा सम्पर्क कार्यालय उद्घाटन गरेको लोकतान्त्रिक बाम गठबन्धनले आइतबार कार्तिक १३ गते एक साथ वडा भेला गर्ने भएको हो । लोकतान्त्रिक बाम गठबन्धन क्षेत्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले चुनावी प्रचार प्रचार अभियान अन्र्तरगत एक साथ वडा भेला गर्ने निर्णय गरेको छ ।

भेलाले सत्ता गठबन्धन बारे भ्रम चिर्नेदेखि वडाबाट थप गाँउबस्ती घर घरसम्म संविधान जोगाउने पक्षधर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई भारी मतका साथ जिताउनका लागि अभियान संचालन गरिने छ ।
लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुरका नेता एव माओवादी केन्द्र २ नम्बर क्षेत्रीय अध्यक्ष लोकेन्द्र बहादुर ऐरीले वडा स्तरका नेता कार्यकर्ताहरुमा थप जागरण ल्याउन र बाम लोकतान्त्रिक जनमत जुटाउन प्रचारप्रसारका लागि एक साथ वडा भेला आयोजना गरिएको बताए ।

लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुरका नेता एव नेपाली काँग्रेस क्षेत्रीय सभापति लाल बहादुर सिहले बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका सबै वडाहरुमा एकसाथ वडा भेला गरेर बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा प्रचारप्रसार गरिने बताए । वडा भेलामा बाम लोकतान्त्रिक गठबन्धनका तर्फका प्रतिनिधी सभा सदस्यका उम्मेदवार एनपी साउद, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय ओम विक्रम भाट(सरल), बहादुर सिह थापा सहितका समानुपातिक उम्मेदवार दुवै दलका नेता कार्यकर्ताको उपस्थितिमा हुनेछ ।

एक साथ हुने वडा भेलाको आवश्यक तयारी भईरहेको बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु