कञ्चनपुर
आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाता माझ पुगिरहेको सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनले कञ्चनपुरको पुनर्वासमा चुनावी अभियानलाई ब्यबस्थित बनाउदै लगेको छ ।
मंसिर ४ मा हुने निर्वाचनमा आफ्ना उम्मेदवारहरुको जित सुनिश्चित पार्न लोकतान्त्रिक बाम गठबन्धनले वडा स्तरमा संपर्क कार्यालय स्थापना गरेर चुनावी अभियानलाई ब्यबस्थित बनाउदै लगेको गठबन्धनका प्रदेश क निर्वाचन परिचालन समितिका संयोजक मानबहादुर रोकाया मानुले बताए ।
आफ्ना उम्मेदवारहरुलाई जिताउन बुधबार पुनर्वास नगरपालिका ५ मा सम्पर्क कार्यालय स्थापना गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथी कञ्चनपुर १ प्रदेश १ का प्र्देशसभा सदस्य पदका उम्मेदवार बन्धु राना रहेका थिए । सो कार्यक्रममा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार रामबहादुर देवकर रक्तबिज बिशिस्ट अतिथी रहेका थिए ।
लोकतन्त्र , संविधानको रक्षा गर्दै स्थायित्व र दिगो बिकासका लागि बनेको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार हरुलाई बिजयी गराउन सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी रानाले अपिल गरे । जब देशमा संकट र परिवर्तनका आन्दोलनको अबस्था आउँछ त्यतिखेर परिवर्तनकारी शक्तीहरु एक ठाउँमा उभिएको ईतिहास हामी कहाँ भएको र अहिले पनि देशमा संवैधानिक संकटको खतरालाई टार्न लोकतान्त्रिक शक्ति र बाम शक्ति बिच गठबन्धन भएको माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार देवकरले बताए ।