September 15, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अघिल्लाे चुनावका सहयात्री यस बर्ष एकअर्काको प्रतिस्पर्धी

मा प्रकाशित

जुद्ध चाैधरी ।
कञ्चनपुर, कार्तिक १७ । अघिल्लो  चुनाव अर्थात २०७४ सालकाे चुनावमा बाम गठबन्ध बाट चुनावमा सहयात्रा गरेका बिना मगर र तारालामा तामाङ्ग यस बर्ष एक अर्काका प्रतिस्पर्धी बनेका छन ।
२०७४ सालमा सब बाम एक ठाम भन्दै चुनावमा प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी पार्टी बाट बिना मगर र प्रदेश सभा सदस्यका लागि नेकपा एमाले बाट तारालामा तामाङ्ग सहयात्रा गर्दै चुनाव जितेका थिए । तर आसन्न मँसिर ४ गते हने चुनावमा यी दुई उमेद्वार एक अर्काका प्रतिस्पर्धीकाे रुपमा चुनावमा उत्रिएका छन । दुबै प्रतिस्पर्धी उमेद्वार पूर्व मन्त्रि समेत हुन । बिना मगर संघिय सरकारकाे खानेपानी मन्त्री र तारालामा तामाङ्ग सुदूरपश्चिम प्रदेश सरकारकाे आर्थिक मामिला मन्त्रि भईसकेका छन । बाम लाेकतान्त्रिक गठबन्धन बाट नेकपा माओवादीका केन्द्रिय सदस्य एवम पुर्व खानेपानी मन्त्री बिना मगर चुनाव लड्दै हुनुहुन्छ भने नेकपा एमाले बाट तारालामा तामाङ्ग हुनुहुन्छ । जनताकाे मत आफ्नाे पक्षमा पार्न अहिले दुबै नेता घरदैलाे तथा कार्यकर्ता भेटघाटमा ब्यस्त छन ।
दुबै उमेद्वार बलियाे देखिएका उनीहरु आफुहरुले यहाँकाे शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीय क्षेत्रकाे विकासमा ठुलाे याेगदान पुर्याएकाे दाबि गर्छन । जनता आफ्नाे पक्षमा रहेकाले आफ्नाे जीत सुनिश्चित रहेकाे बाम लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बिना मगर बताउनु हुन्छ । नेकपा एमालेका उमेद्वार तारालामा तामाङ्गले पनि अहिले जनताले आफुलाई रुचाएकाले भारी मतका साथ चुनाव जित्ने बताउनु हुन्छ । दुबै उमेद्वार बलियाे देखिए पनि मंसिर ४ गते पछिकाे मत परिणामकाे नतिजाले जीतकाे सुनिश्चितता गर्ने छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु