April 25, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मुख्यमन्त्री पदका प्रमुख दाबेदार विकासप्रेमी नेता बिष्ट प्रदेश सभा सदस्यका लागि चुनावि मैदानमा

मा प्रकाशित

 

कञ्चनपुर
कंचनपुर क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार तथा मुख्यमन्त्रीका दाबेदार दिवान सिंह बिष्ट यतिबेला चुनावी मैदानमा होमिएका छन । यहि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेता बिष्ट अत्याधिक बहुमतले बिजय हुने यस क्षेत्रका आमनागरिकको आकलन रहेको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासका लागि अग्रपंत्तिमा रहेका विकासप्रेमी नेता दिवान सिंह बिष्ट २०७० सालमा संविधान सभा सदस्य बनेका थिए। नेपाली कांग्रेसका नेता बिष्टले कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए।

२०२० सालमा बैतडीको बाराकोटमा वुवा रामसिंह बिष्ट र आमा पदमा देवि बिष्टबाट जन्मिएका दिवान सिंह बिष्ट २०३४ सालमा १४ बर्षको उमेरमा कञ्चनपुर आएका थिए।
उनी १६ बर्षको उमेरदेखि राजतिनीमा सक्रिय रहेका छन।

वि.सं.२०३६ सालमा राजनीतिमा होमिएका बिष्ट नेपाल विद्यार्थी संघ महाकाली माध्यमिक बिद्यालयका सभापति थिए। २०४२ सालको जनमत संग्रहमा सक्रिय रहेका बिष्ट २०४६ र ४७ सालमा पनि सक्रिय रहेका बिष्ट २०४८ सालमा कञ्चनपुर जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका उनी १० औँ महाधिबेशन महासमिती सदस्य हालसम्म रहेका छन् ।

२०५३ सालमा बेलौरी नगरविकास समितिका उपाध्यक्ष रहेका राजनितिमा सक्रिय बिष्टले २०६३ सालमा आरक्ष जग्गा समस्या समाधानका लागि गठित समितिका अध्यक्ष थिए। उनले आरक्ष पिडीतका समस्या समेत समाधान गरेका थिए। सानैदेखि देश र जनताका लागि सेवा गर्छु भन्ने भावनाका उनी कञ्चपुरको दक्षिणी क्षेत्रका समस्या समाधानमा सधैँ अग्रसर भएका छन।

कञ्चनपुरको दक्षिणी क्षेत्रको भौगोलिक अवस्था तथा सम्पुर्ण समस्या भोग्दै आएका बिष्टले यस क्षेत्रको समस्या समाधानका लागि सदैव चिन्ता व्यक्तगर्ने गरेका छन्। विं.स.२०७० सालमा उनले प्रतिनिधी सभाको चुनाव जितेपछि त्यस क्षेत्रको मुहार फेरीएको छ। उनले नेपाली कांग्रेसका नेता रमेश लेखक तल्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहँदा डेढ अरब लागतको कञ्चनपुरको डोकेबजार–बेलौरी हुँदै दैजी हुलाकी सडकखण्ड निर्माण लागि पहल गरेका थिए।

बिष्ट संविधान सभा सदस्य रहँदा मालपोत तथा नापीका लागि त्यस क्षेत्रका जनताले लागि झण्डै ५० किलोमिटरको कच्चीबाटो भएर महेन्द्रनगर जानुपर्ने समस्या समाधान गरेका छन्। उनको मालपोत तथा नापी कार्यालय बेलौरीमा ल्याउन अहम् भूमिका रहेको छ। उनले बेलौरी बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न योजना पारीत गर्नुका साथै यस क्षेत्रमा ठुलो नदि दोदामा पक्की पूल लगायत ७ वटा ठुला पुल निर्माणाधिन छन्। त्यस्तै, उनले १७ ओंटा खानेपानिका योजना पारेका थिए।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतसिमामा किसानहरुका सहजताका लागि खेतसम्म बाटो निर्माण तथा बैशाखा देखि बेलौरीसम्म सडक निर्माण र बेलौरीदेखि कलुवापुर पक्की सडक योजनामा उनको भूमिका रहेको छ। उनी आफ्नो क्षेत्रको विकासका लागि कुनैपनि बेला पछि हटेनन्। नेपाल भारत सिमा विवादमा समाधानमा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ।

राजनितिमा ४१ बर्ष संघर्ष गरेका बिष्टले २०७४ सालको प्रतिनिधीसभा चुवावमा पारजित भएका थिए। तरपनि उनले विकास निर्माणका काम तथा समाजसेवामा अग्रसर भएर काम गरेका छन्।

यस क्षेत्रको बिकासका लागि सधैं आगाडी रहने बाचासहित चुनाबी मैदानमा रहेका बिष्ट गठबन्धनका साझा उम्मेदवार हुन । उनि निर्वाचनमा बिजय भए मुख्यमन्त्री बन्ने बलियो सम्भावना रहेको छ

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु