- विज्ञापन -
December 4, 22
11.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लोकतान्त्रिक बाम गठबन्धनद्वारा पुनर्वासमा पनि घरदैलो कार्यक्रम तिब्र

मा प्रकाशित

कञ्चनपुर
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन लोकतान्त्रिक बाम गठबन्धनले पुनर्वासमा तिब्रताका साथ घरदैलो अभियान सुरु गरेको छ ।
गठबन्धनले निर्वाचनमा आफ्ना उम्मेदवारहरुको पक्षमा जनमत जुटाउन पुनर्वास नगरपालिका २ स्थित पुरैना गाउँमा घरदैलो र चुनावी सभा गरेको हो ।
कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ अन्तरगतको लोकतान्त्रिक बाम गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक मानबहादुर रोकाया मानुको संयोजकत्वमा घरदैलो कार्यक्रम संचालन गरिएको हो ।
लोकतान्त्रिक बाम गठबन्धनद्वारा पुरैना गाउँमा शुक्रबार आयोजित घरदैलो अभियानमा सुदूरपश्चिम प्रदेशसभा सदस्य पदका प्रत्यक्ष तर्फका उम्मेदवार बन्धु राना , समानुपातिक उम्मेदवारहरु रामबहादुर देवकर , चमेली तामाङ , फुलन रानाहरुले घरदैलो गर्दै मत मागेका थिए । सो कार्यक्रममा निर्वाचन परिचालन समितिका सह संयोजक कंचन गिरी , नेपाली काँग्रेस पुनर्वास नगर सभापति शुकबहादुर तामाङ लगायतका नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।

- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु