April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

‘जनताको अपार साथ सर्मथन पाईरहेका छौँ’

मा प्रकाशित

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर प्रचारप्रसार गरिरहेको छ । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ बिना मगर क्षेत्र १(क) बन्धु राना र १ (ख)मा दिवान सिह विष्टले निरन्तर घरदैलो अभियान जारी राखेका छन ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का निर्वाचन मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले क्षेत्रमा चारै पालिकामा निरन्तर घरदैलो अभियान जारी राखेको बताए ।

संयोजक लम्सालले बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा निरन्तर घरदैलो भईरहेको छ । उम्मेदवार त्रय मगर, विष्ट र राना सहित गठबन्धनका उम्मेदवारले क्षेत्रका सबै वडाका गाँउबस्तीहरुमा अभियान जारी राखेका छन ।

चुनावी एजेण्डा लिएर उम्मेदवारले घरदैलो केन्द्रीत अभियान संचालन गरिरहेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) प्रचार प्रसार समितिका संयोजक चेतन कुमार राईले क्षेत्र १को (ख) प्रादेशिक निर्वाचन क्षेत्रमा समेत उम्मेदवारद्वय मगर, विष्ट सहित र उस्तै पनि टोल, वडा, पालिका, प्रादेशिक स्तरियका निर्माण भएका समितिले जनताको घरदैलोमा पुगेर गठबन्धनको पक्षमा मत मागिरहेको बताए ।

‘हामीले उम्मेदवार हुँदा नहुँदा पनि निरन्तर वडाहरु मार्फत गाँउ टोल बस्तीमा घरदैलो गरिरहेका छौँ, ‘बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ (ख) मुल प्रचारप्रसार समिति संयोजक राईले भने,‘प्रादेशिक निर्वाचन क्षेत्रका सबै वडाहरुमा निरन्तर हामीले चुनाव प्रचारप्रसार गरिरहेका छौँ ।’

नेपाली जनताको अथक संघर्षपछि संविधान रक्षा र दिगो विकासका लागि गठबन्धनकै पक्षमा जनलहर बढिरहेको बताउँदै राईले जनताले समेत चुनावका बेला अथक साथ सर्मथन गरिरहेको बताए ।

पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य दिवान सिह विष्टले क्षेत्रको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै जनताले दुवै गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन रहेको पाईएको नेताहरुले बताए । बाम गठबन्धनका अर्का उम्मेदवार राना सीमा रक्षाका साथै जनताको पक्षमा काम गर्ने नेता भएकाले रानालाई समेत मातृभूमि रक्षाका साथै इमान्दार नेताका रुपमा हेरिएको छ ।

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले घरदैलोमा जनताको अपार माया साथ समर्थन पाईएको बताएका छन । उम्मेबार त्रय मगर, विष्ट र रानाले जनताकै चाहना अनुरुप क्षेत्रको सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जहाँ जान्छन, त्यहाँ स्थानीय स्वतस्पूर्ति आएर हजारफुलका मायाले भरिभराउ गर्दै आएका छन ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिमाण अनुसार गठबन्धन क्षेत्र १मा भारी बलियो देखिएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ६ महिनापछि संघ र प्रदेशको निर्वाचन हुन लागेको उक्त निर्वाचनमा समेत सोही परिमाणमा मतदान हुने स्थानीय बुद्धिजिवीहरुको दावि छ ।

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दलहरुले वडामा पाएको मतभार अनुरुप क्षेत्र १ का ३२ वडाहरुमा काँग्रेस १८ हजार ६६३, एमाले १८ हजार, ५९९, माओवादी १५ हजार ८६१, समाजवादी ३ हजार ४९८ , राप्रपा २ हजार १सय र अन्य ४ हजार ६० मत पाएका थिए । काँग्रेस, माओवादी, समाजवादीको झण्डै ३८ हजार, २२मत र एमाले एक्लैको १८ हजार ५९९मत देखिएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु