October 3, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर क्षेत्र नं. १ काे समग्र विकासका लागी मेराे उमेद्वारी: दिल्ली शाही

मा प्रकाशित

पुनर्वास ।   कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दिएका दिल्ली बहादुर शाहीले क्षेत्र नं. १ काे समग्र विकासका लागी आफ्नाे उमेद्वारी रहेकाे बताएका छन । बिहिवार पत्रकारहरु सँग भेटघाट गर्दै साे कुरा बताएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागी चुनावी दाैडमा रहेका दिल्ली अहिले मतदाता भेटभाटमा ब्यस्त छन । कन्चनपुर लाई भ्रष्टाचार मुक्त सुशासन युक्त जिल्ला बनाउने , संसद बिकास कोषलाई उत्पादन मुलक आयमुलक योजनामा लागु गर्ने , लालझाडी गाउँपालिका ,पुर्नवास नगरपालिका , बेलौरी नगरपालिका , बेलडाँडी गाउँपालिका सबै ठाउको सडक हरु एक वर्षमा सडककाे स्तराेन्नती , मोटर पुल झुलगे पुल आवश्यकता अनुसार सबै ठाउमा बनाउने मूख्य याेजना रहेकाे उनले बताएका छन ।
त्यसैगरी ५ बर्ष लोडसेडिङ मुक्त गराउने , यस क्षेत्र रहेका धार्मिक सम्पदा हरु धार्मिक स्थल मठमन्दिर मर्मत सम्भार र संरक्षण गर्ने,  राना थारु लगायत अन्य समुदाय हरुका भेष भुषा कला संस्कृति बाजा संरक्षण सम्वर्द्धन गर्ने योजना लागु गर्ने, बृद्ध आमा बुवा सुत्केरी महिला दिदि बहिनि असाय नागरिक लाई घरदैलोमा स्वास्थ्य सेवा लागु गर्ने , युवा हरुलाई खेलकुद मा प्रोत्साहन गर्न रंगशाला निमार्ण सहित खेलकुदका योजना लागु गर्ने , शिक्षा क्षेत्रमा हुने राजनिति हुने प्रथाको अन्त्य गरि शिक्षा नितिलाई प्रभावकारी बनाउने , कृषि र कृषकहरुको प्रोत्साहन को लागि कृषक संग संसद योजना लागु गर्ने , माछा मासु फलफूल दुध दहि अन्नबालीको पकेट क्षेत्र को आत्मा निर्भर जिल्ला बनाई जनताको आर्थिक अवस्था बलियो बनाउने याेजना रहेकाे उनी बताउछन ।
दलित जनजाति गरिब महिला हरुलाई उत्पादन जोडी आर्थिक अवस्था बलियो बनाउने योजना लागु गर्ने, हरेक पालिकामा कृषि भणडारण केन्द्र लागु गर्ने , उच्चित स्थान छानि सुबिधा सम्पन्न कृषि क्याम्पस सञ्चालन गर्ने , हरेक वडामा युवा र महिलाको लागि रोजगारी श्रृजनाको लागि तालिम केन्द्र निर्माण गर्ने , हरेक पालिका र सबैलाई नजिक पर्ने गरी ग्रामिण स्वास्थ्य सेवा एम्बुलेन्स सेवा सुल्भ औषधि पसल लागु गर्ने , छाडा चौपाई ब्यबस्थापन को लागी गौशला निर्माण को लागि पहल गर्ने , ब्यापारी हरुको कर सम्बन्धमा दोहरो तेहरो करमा सुधारको लागि पहल गर्ने , स्वास्थ्य चौकी मा महिनाको एकचोटी अनिवार्य रुपमा अनुगमन गर्ने औषधि हरु को कमि हुन नदिन आफ्नाे घाेषणा पत्रमा उल्लेख रहेकाे छ ।
बेलौरी पुरानो खजुरीया नाका भन्सार लाई ल्याउनु गर्न छु । गर्ने बाँकी हजुर हरुका सुझाव सल्लाह अनिवार्य रुपमा समाबेश गरेर आफ्ना यस क्षेत्रका समस्या समाधान गर्ने छु र यस पटक मलाइ पुर्ण बिश्वास छ हजुरहरुको मतदान राष्ट्रिय प्रजातन्त्र पार्टी को चुनाव चिन्ह हलोमा मतदान गरेर अत्याधिक बहुमतले बिजय गराईदिन अाम मतदातामा अनुराेध गरेका छन ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्ली शाहीले कञ्चनपुरको विकासका लागि आफू प्रत्यक्ष निर्वाचनमा होमिएको बताउनुहुन्छ । उनि भन्छन ‘मेरो उम्मेदवारी विकाससँगै लैंगिक असमानता न्युनीकरण गर्नका लागि हो, ‘यदि मलाई यो क्षेत्रका जनताले विश्वास गरे भने लैंगिक असमानता न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।’ समग्र विकासका लागि समेत आफूलाई जिताउनुपर्ने उनी बताउछन ।
त्यसैगरी प्रदेश सभा सदस्य १ क का लागि चुनाव भिड्दै गरेका उमेदवार खेमराज लामिछानेले अन्य दलका भ्रष्ट नेताले देशलाई खाेक्राे बनाईसकेकाे बताउछन । देश विकास गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले देशकाे नेतृत्व गर्न जरूरी रहेकाे बताउछन । सुकुम्बासी समस्या समाधान, दाेदा नदीमा तटबन्ध, सिमा नाका ब्यवस्थापन, कृषी क्याम्पसकाे स्थापना गर्ने आफ्नाे मुख्य प्रतिबद्धता रहेकाे खेमराज लामिछाने बताउछन । चुनाव चिन्ह हलाेमा मतदान गरी आफुलाई विजय गराउन आम मतदातालाई अनुराेध गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु