April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडीका अध्यक्ष राना आचारसंहिता विपरीत एमालेको प्रचारमा

मा प्रकाशित

कञ्चनपुर । लालझाडी गाउँपालिकाका अध्यक्ष  निर्मल राना निर्वाचन आचार संहिता विपरीत एमाले प्रचारप्रसारमा हिँडेको पाइएको छ ।  निर्वाचन आयोगले जनप्रतिनिधिमाथि पनि आचार संहिता लागु गरे पनि लालझाडीका अध्यक्ष   राना भने खुलेआम एमालेको प्रचारमा हिँडिरहेको पाइएको हो ।
‘राना एमालेका कुनै कार्यकारी पद र पदाधिकारीमा पनि छैनन्, तर उनी क्षेत्र १मा आचार संहिता उलङ्घन गरेर एमालेको प्रचारमा होमिएका छन्, ‘एक एमाले कार्यकर्ताले भने, ‘प्रचारमा मात्रै होइन लालझाडीमा एमालेलाई मत दिन आश्वासन र उर्दी जारी गरिरहेका छन् ।’
एमाले क्षेत्र १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तारा लामा तामाङलाई बायापट्टी राखेर चुनाव प्रचार प्रसारमा हिँडेका छन् । गाउँ प्रमुख पार्टीको काममा रातदिन हिँडेपछि कार्यालयमा आउने सेवाग्राही मारमा पर्दै आएका छन् । गाउँ प्रमुख रानाले एमालेका लागि आचारसंहिता उलङ्घन गर्दै खुलेआम मत माग्ने, धम्काउनेदेखि प्रलोभनमा पार्ने फोटो भिडियो सर्वत्र भाइरल हुँदा समेत निर्वाचन आयोगले मौनता देखे नदेखे जस्तो गरेर पन्छिएको छ ।
एमाले बाहेक अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरूले यसरी खुलेआम जनप्रतिनिधि कुनै एक पार्टी र उम्मेदवारका लागि मत माग्दा समेत निर्वाचन आयोग मौन देखिएको भन्दै भर्त्सना गरेका छन् । ‘यो निर्वाचन आयोगले फरक दलका जस्तै काँग्रेस, माओवादी र समाजवादीका प्रमुख नेता एव तिनका अन्य नेता कार्यकर्ताले आचारसंहिता उलङ्घन गरेको आशकाकै भरमा चिठी पठाउन बेर लगाउँदैन, ‘लालझाडी बाम गठबन्धनका नेता हर्क रानाले भने, ‘यस्तो एमाले र अध्यक्ष ओलीले आचार संहिता उलङ्घन गरेको देख्दैन, देखे पनि नदेखेजस्तो गर्छ, यो आयोगको नेतृत्व एमाले कार्यकर्ता हो, कि आयुक्त हुन ?’ गाउँपालिका आउने सेवाग्राहीले समेत यसरी गाउँ प्रमुख कुनै अमुख दलका लागि मत माग्न आचार संहित विपरीत कार्य गरे आयोगले केही नगरेर जनता गाउँपालिकामा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
लालझाडीका केही मान्छे आफूलाई स्वघोषित बुद्धिजीवी भन्ने तर, एमालेको रासमा रमाउने मान्छेहरुपनि अरूले आचार संहिता उलङ्घन गरेको भन्दै फेसबुक र प्रतिकारमै उत्रिने तर, आफ्नाले गरेर चुइँक्क सम्म नबोल्ने गरेको भन्दै स्थानीयले आचार संहिता अनुगमनका लागि जिल्ला अनुगमन समितिसँग माग गरेको छ ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु