September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सीमा अतिक्रमणबाट पिडित बन्धु रानाको प्रदेशसभा सदस्य बन्ने दौड : यस्तो छ उनको कथा

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
५७ वर्षिय बन्धु राना । भारतीय सीमा अतिक्रमणका पीडित पनि हुन । २०६० सालमा नेपाल-भारतको सीमाना छुट्याउने स्तम्भ आफ्नै बारीमा एकाएक गाडिए पछि उनी लगायत पुनर्वासका दर्जनौं स्थानीय सीमा अतिक्रमणबाट पिडित बनेकाछन । अहिले तिनै बन्धु राना सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा कञ्चनपुर १ को प्रदेश १ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका छन् ।

उनी मुलतः नेपाली काँग्रेस कञ्चनपुरका पुराना त्यागी नेताका रुपमा परिचित छन् । २०३६ साल देखि नेपाल विद्यार्थी संघको छात्र राजनीति बाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।

बुबा छेदालाल राना र आमा जोगनिया रानाको कोखबाट २०२२ सालमा जन्मिएका बन्धु २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली पश्चात् २०४९ मा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट साविक परासन गाविस वडा नम्बर ९ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।

२०५४ सालमा भएको स्थानिय निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट साविक परासन गाविसको उपाध्यक्ष पदमा चुनाव लडेका थिए । अविचलित नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बन्धु राना २०४८ देखि धेरै पटक महाधिवेशन प्रतिनिधि रहि सकेका छन् । १३ औं महाधिवेशनबाट उनी नेपाली काँग्रेसको जिल्ला कार्य समिती कञ्चनपुरको उपसभापति रहि सकेका छन् ।

राजनीतिका पुराना यि बन्धु राना यतिबेला प्रदेश सभा सदस्य बन्ने दौडमा छन् । आदिवासी जनजाती राना थारु समुदाय माझ लोकप्रिय रहेका बन्धु सिमान्तकृत समुदायको समस्या समाधान र न्यायोचित बिकासको सिस्टम बसाल्न आफ्नो पहल कदमी रहने बताउछन् ।
कञ्चनपुरको निर्वाचनक्षेत्र नम्बर १ को प्रदेश २ हेर्दा सुगम देखिए पनि जनताले भोग्दै आएका पीडा भने बिकराल रहेको उनी बताउछन् ।

सीमा बिवाद , दोदा नदीको बाढी , डुबान लगायतका थुप्रै समस्याहरुबाट यस क्षेत्रका जनता पिडित छन् । यिनै जनताका पिडाहरुको समाधानका लागि प्रदेश सरकारका माध्ययमबाट केन्द्र सरकार समक्ष आवाज उठाउदै कुटनैतिक रुपमा सीमाको बिवाद सल्टाउन आफ्नो उम्मेदवारी रहेको बताउछन् । दोदा नदीको बाढी नियन्त्रण गरि जनताको पीडा कम गर्न गुरु योजना बनाएर स्थायी हलका लागि आवाज उठाउनका निम्ति आफ्नो उम्मेदवारी रहेको उनको भनाइ रहेको छ ।

प्रष्ट धारणा राख्ने काँग्रेस नेता बन्धु राना हक्की र खरो स्वभावका रुपमा परिचित छन् । इमान , निष्ठा र सादगी पुर्ण नेताका रुपमा बन्धु रानाको कञ्चनपुरमा पहिचान बनेको छ । सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनको साथ पाएका प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्धु राना एउटा अविचलित योद्धा हुन नेपाली काँग्रेसका ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु