April 25, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा मतदान सामाग्री वितरण, भाेलि देखि मतदान स्थलमा खटिने

मा प्रकाशित

जुद्ध चाैधरी ।
कञ्चनपुर । मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन कार्यालय कञ्चनपुर क्षेत्र नं. एक ले बिहिवार मतदान सामाग्री वितरण गरेकाे छ ।
आगामी मंसिर ४ गते हुन गईरहेकाे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था सहित मतदान सामाग्री मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई सामाग्री वितरण गरिएकाे हाे । आज मतदान सामाग्री अधिकृतहरुलाई हस्तान्तरण गर्ने र भाेलि मंसिर २ गते ताेकिएकाे मतदान केन्द्रमा मतदान केन्द्र सरसफाई तथा व्यवस्थापन गर्ने, सर्बदलिय बैठक बस्ने, मतदाता परिचय पत्र वितरण गर्ने लगायतकाे काम हुने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिनु भयाे । 
निर्वाचनलाई शान्त र भय रहित बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रमा खटिने छन । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा मतदान केन्द्र ११९ ओटा र मतदान स्थल ५२ ओटा रहेका छन । क्षेत्र नं. १ मा पर्ने पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकामा गरी जम्मा ९९ हजार १ सय दश जना मतदाता रहेका छन । भाेलि मंसिर २ गते सुरक्षा निकायकाे टाेलि सँगै मतदान अधिकृतहरु ताेकिएकाे मतदान स्थलमा खटिदैछन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु