March 29, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पाचनतन्त्रलाई सफा र बलियो राख्ने काइदा

मा प्रकाशित

नागरिक संवाददाता,

कुनैपनि खानेकुरा खाइसकेपछि त्यो पच्ने प्रक्रिया मुखबाट नै सुरु हुन्छ । खानेकुरालाई पाचनतन्त्रले स–साना टुक्रामा जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ । त्यसपछि यी पौष्टिक तत्व हाम्रो रगतको माध्याम हुँदै विभिन्न भागमा पुग्छन् ।

आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ । त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ । यसमा रहेका उपयोगी पोषक तत्व शरीरले ग्रहण गर्छ । बाँकी रहेको भोजन विकारको रुपमा शरीरबाट बाहिर निकाल्छ । पाचन प्रणालीले यति राम्ररी काम गरिरहेको हुन्छ ।

पाचन  प्रणाली जति चुस्त र बलियो हुन्छ, मान्छे उत्तिनै निरोगी र जवान रहन्छ । पाचन तन्त्र खराब भएमा शरीरमा पोषणको अभाव हुन्छ र विभिन्न रोगले आक्रमण गर्छ । त्यसैले जरुरी छ, पाचन यन्त्रलाई बलियो र सफा राख्न । यसका लागि के गर्ने त ?

सही ढंगले खाने

के खाने भन्नेकुरा जति महत्वपूर्ण छ उत्तिनै कसरी खाने भन्ने पनि । सधै निश्चित समय तालिकामा खाने गर्नुपर्छ । खाने समय अनियमित हुनुहुँदैन । खाना खाँदा विस्तारै, आनन्दपूर्वक, स्वाद लिएर खानुपर्छ । राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ । राती सुत्नुभन्दा दुई, तीन घण्टा अघि नै खाना खनुपर्छ ।

बिहान भरपेट खानुपर्छ र त्यसपछि क्रमस खानाको मात्रा कम गर्नुपर्छ । रातको खाना सुपाच्य र हल्का हुनुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र निष्कासन सही हुन्छ । खानामा फाइबर कम हुँदा कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम, डाइभर्टिकुलिटिस र कोलन क्यान्सर जस्ता पाचनतन्त्रसँग सम्वन्धित विकार उत्पन्न हुन सक्छन् ।

पर्याप्त पानी

पाचन तन्त्रलाई सही राख्नका लागि पानी अनिवार्य हुन्छ । विहान उठ्नसाथ मनतातो पानी पिउनुपर्छ । त्यसपछि दिनभरमा उचित मात्रामा पानी पिउनुपर्छ । दिनमा औसत दुई वा अढाई लिटर पानी पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यो डायरिया र इर्रिटेबल बाउल सिन्ड्रोम जस्ता अवस्थाहरुमा पनि निकै सहयोगी सावित हुन सक्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पु¥याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।

अमिलो फलको सेवन

कागती जस्ता अमिलो फल पाचन यन्त्रका लागि उपयोगी मानिन्छ । कागती जस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ । उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ ।          साभार: अनलाईखबरडटकम

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु