March 29, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुदूरपश्चिममा मुख्यमन्त्री को ?

मा प्रकाशित

बाजुराबाहेक सुदूरपश्चिम प्रदेशसभाका सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणनाको परिणाम आउन बाँकी छँदै प्रदेशको भावी मुख्यमन्त्रीको होला र कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भइसकेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको प्रत्यक्षतर्फ गरी २१ जनाले जित हात पारेका छन् । बाजुरामा मतगणना हुन बाकी छ ।सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका लागि अघि सारिएका माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्जार्च खगराज भट्ट, कांग्रेसका बहादुरसिंह थापा, दिवानसिंह विष्टको चर्चा बढी छ । डडेलधुरा प्रदेश २ बाट उम्मेदवार रहेका गोविन्द बोहरा पराजित भएपछि कांग्रेसबाट मुख्यमन्त्रीको बलियो उम्मेदवार देखिएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका समयमा गठबन्धनले जिते माओवादी प्रदेश इन्जार्च खगराज भट्ट नै मुख्यमन्त्री बन्ने बताएका थिए । गठबन्धन दलका शीर्ष नेताबीच पहिलो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको सार्वजनिक भएको थियो ।

प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ११, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एकीकृत समाजवादीले २, एमालेले ३ र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । बाजुराका दुई स्थानको परिणाम आउन बाँकी छ । समानुपातिकको मतगणना जारी छ । समानुपातिक मतगणनाको प्रारम्भिक परिणामअनुसार माओवादी अहिलेसम्म अगाडी छ ।

सवै परिणाम सार्वजनिक भइसकेपछि सरकार बनाउँदासम्म गठबन्धन कायम रह्यो भने सुदूरपश्चिममा गठबन्धनलाई सरकार बनाउन चाहिने आवश्यक संख्या सहज रूपमा पुग्न सक्ने देखिएको छ । ‘पहिलो चरणमा माओवादीवाटै मुख्यमन्त्री वन्ने निश्चित जस्तै छ,’ देउवानजिक एक कांग्रेस केन्द्रीय सदस्यले भने, ‘सम्भवतः डडेल्धुराबाट निर्वाचित माओवादी केन्द्रका खगराज भट्ट नै मुख्यमन्त्री बन्ने सम्भावना छ ।’ प्रधानमन्त्री देउवाले निर्वाचनअघि नै उनलाई नै मुख्यमन्त्रीका रूपमा सार्वजनिक रूपमा अगाडि सारेका कारण पनि उनको सम्म्भावना बढी रहेको उनले बताए ।

तर कांग्रेसभित्र पनि मुख्यमन्त्रीका लागि दौडधुप सुरु भइसकेको छ । कञ्चनपुर २ बाट निर्वाचित कांग्रेसका पुराना नेता बहादुरसिंह थापा, क्षेत्र नं १ बाट निर्वाचित दिवानसिंह विष्ट, बैतडीबाट निर्वाचित शिवराज भट्ट र दार्चुलाबाट निर्वाचित विक्रमसिंह धामी पनि मुख्यमन्त्रीका आकांक्षी छन् । माओवादीभन्दा प्रत्यक्ष र समानुपातिकमा बढी सांसद कांग्रेसका हुने भएकाले पनि कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई दबाब दिन सुरु गरेको छ । कांग्रेसका प्रदेश अध्यक्ष तथा कैलाली ४ का निर्वाचित सांसद वीरबहादुर वलायरले भने अहिले नै यो विषयमा प्रवेश गरी नसकेको बताए । समानुपातिक मतगणना सकिएपछि पार्टी नेतृत्वसंँग यस विषयमा आवश्यक छलफल हुने पनि बलायरले बताएका छन् ।

सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा आएका भट्टले पनि अहिले नै सरकार बनाउने विषयमा छलफल भई नसकेको बताएका छन् । समानुपातिक प्राणालीको गणनापछि यस विषयमा छलफल हुन सक्ने उनको प्रतिक्रिया छ । भट्टले भने, ‘सरकार निर्माण गठबन्धनको सहमतिअनुरूप नै हुन्छ ।’

गठबन्धन दलहरू अलग भए भने सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिएको छ । उक्त पार्टीले कैलालीका ५ वटा निर्वाचन क्षेत्रबाट जितेको छ । समानुपातिकमा ३ जनाको संवाभन छ । नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले सरकार गठनबारे बोलिहाल्नु चाँडो बताए । ‘केही दिन प्रतीक्षा गरौं, त्यसपछि सरकार बन्ने विषयमा स्पष्ट चित्र बाहिर आउन सक्छ’ उनले भने । -कान्तिपुर

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु