- विज्ञापन -
January 27, 23
9.4 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा ब्राउन सुगर बरामद

मा प्रकाशित

- विज्ञापन -

कञ्चनपुर
कञ्चनपुरको बेलौरीमा २.९१ ग्राम ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार अपरान्ह साढे ४ बजेको समयमा कालो प्लास्टिक भित्र अटोमा लुकाइ छिपाइ राखेको २.९१ ग्राम ब्राउन सुगर सहित बेलौरी नगरपालिका ७ स्थित कालोपुलबाट एक महिला सहित ३ जनालाई पक्राउ नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

कैलाली गोदावारी नगरपालिका ३ का ४६ वर्षिय कर्ण बिक , मोरङको बिराटनगर उपमहानगरपालिका वडा नम्बर ६ जामुन गाछी घर भइ हाल गोदावारी नगरपालिका २ अत्तरिया बस्दै आएका ३३ वर्षिय राकेश कोइराला र कृष्णपुर नगरपालिका ९ राजघाट बस्ने २४ वर्षिया अञ्जु भन्ने चन्द्रावती कपड्याललाई ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । उनिहरुले प्रयोग गरेको सुप्रप ०१००१ ह २८१२ नम्बरको अटो लाई प्रहरीले नियन्त्रणमा लिइ आबश्यक कारवाही बढाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरीक्षक शंकर कुवँरको नेतृत्वमा खटिएको प्रहरी टोलिले उक्त ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु