April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको टाउन हस्पिटलमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

मा प्रकाशित

 

पुनर्वास , कंचनपुरको पुनर्वास नगरपालिका-६, स्थित टाउन हस्पिटल प्रा.लि.मा एपेन्डिसाईटिसको सफल शल्यक्रिया भएको छ ।

शुक्रबार टाउन हस्पिटलमा कार्यरत सम्पुर्ण टिमले पुनर्वास नगरपालिका-९, घर भएका भक्त खड्काको एपेन्डिसाईटिसको सफल शल्यक्रिया गरिएको हो ।

हस्पिटल सञ्चालनको छोटो समयमा विभिन्न दर्जन बढि सर्जरी, हाईड्रोसिल, हर्निया र एपेन्डिसाईटिस रोगका बिरामीहरुको शल्यक्रिया गर्न सफल भएको हस्पिटलका प्रबन्धक निर्देशक पवन पन्तले जानकारी दिए ।

निर्देशक पन्तले आफ्नो क्षेत्रको स्वास्थ्य अवस्था सुधार र घर आगनमै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न ठुलो लगानीका साथ सुबिधा सम्पन्न हस्पिटल सञ्चालनमा ल्याएको बताए ।

स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका निर्देशक पन्त पुनर्वास नगरपालिका-८ का स्थानीय बासी हुन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु