April 25, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रहरीद्वारा पुनर्वासमा मोटरसाइकल सहित पौने २ लाख बराबरको मालसामान भन्सार पठाइयो

मा प्रकाशित

नागरिक आवाज
पुनर्वास , कंचनपुर
कंचनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा अबैध मोटरसाइकल सहित झन्डै पौने २ लाख मूल्य बराबरको मालसामन प्रहरीले भन्सार पठाएको छ ।
पुनर्वासका सीमा क्षेत्रहरुबाट प्रहरीले विभिन्न मितिमा बरामद गरेका १ लाख ६० हजार मूल्य बराबरका ८ वटा मोटर साइकल र सोमबार राती सीमा क्षेत्रबाट बरामद गरेको १२ हजार ५ सय मूल्य बराबरको नरिवल , भित्री लुगा र गुड आबश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताए ।
कोरोना भाइरसका कारण नेपाल भारत सीमा आवतजावतमा बन्द गरिएका बेला बढिरहेको चोरीपैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पछि यस अघि पनि पटकपटक मालसामान बरामद गरि भन्सार पठाउदै आएको प्रहरी निरीक्षक बिष्टले बताए ।
खुला सीमाका कारण राजस्व छलिका घटना पुर्ण नियन्त्रणमा प्रहरीको स्रोत साधन न्यून भएका कारण प्रभावकारी बन्न नसके पनि सीमा क्षेत्रबाट हुने गरेका चोरीपैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको प्रहरी निरीक्षक बिष्टले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु