April 26, 24
18.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडीमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन डोजर चल्न सुरु

मा प्रकाशित

पुनर्वास ,
बेलडाँडी गाउँ पालिकामा सार्वजनिक जग्गा खाली गर्न पटकपटकको सूचना बेवास्था गरि बनाइएका घरटहरा हटाउने काम पालिकाले सुरु गरेको छ ।

अतिक्रमण गरि ७२ बिगाहा जग्गा भित्र बनाइएका घर टहरा हटाएर १५ शैयाको अस्पताल निर्माणका लागि बेलडाँडी गाउँपालिकाले जग्गा खालि गर्न डाेजर लगाएकाे हो ।

बेलडाँडी गाउँपालिकाको वडा नम्बर २ स्थित ग्रीन बेल्टमा गरिएको अतिक्रमण हटाउने निर्णय पालिकाको गाउँ परिषद बाट पास भइ पटकपटक खाली गर्न सूचना जारी गरिदै आए पनि उपाध्यक्ष शान्ति नाथ भने अतिक्रमण हटाउन थालिएको कदमको बिरोधमा उत्रिएकि छन् ।

शनिबार बेलडाँडी गाउँपालिका-२ मा पर्ने ग्रिन वेल्ड अन्तरगतकाे पुर्वमा चवन्नि बेलडाँडी सडक, पश्चिममा लटिनाथ मालिकार्जन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा राैलेश्वर आदर्श जनता बहुमुखि क्पाम्प क्षेत्र भित्रकाे १ विगाहा १७ कट्ठा बराबरकाे जग्गा खालि गर्न डाेजर चलाएकाे हाे ।

गाउपालिकाले गत साउनमा ३५ दिने सुचना जारी गर्दै घर टहरा हटाउन अनुरोध गरेकाे थियाे । भने त्यस पश्चात् पनि घर टहरा नहटाएपछि मंसिरमा थप ७ दिने सुचना जारी गर्दै घर टहरा हटाउन सुचना गर्दा पनि नहटाए पछि डाेजर लगाएर अतिक्रमित क्षेत्र खालि गरिन लागेकाे बेलडाँडी गाउपालिकाका प्रबक्ता गज बहादुर विष्टले बताए । गाउँ परिषद र सर्वदलीय बैठकबाट अतिक्रमण हटाउने निर्णय लिइ सबैको समर्थन रहेको बिषयमा पालिकाकी उपाध्यक्षले अहिले देखाएको बिरोध बुझी नसक्नु भएको बताए ।

१५ शैयाको अस्पताल निर्माणको काम सुरु गर्न सो स्थानको अतिक्रमण हटाउन थालिएको हो ।
उनले भने “साे क्षेत्रमा १०/११ परिवारले घर टहसा निर्माण गरेका छन् ।” १५ शैय्या अस्पताल निर्माणका लागि ठेक्का सम्झौता समेत भई सकेकाे अवस्था भएकाले भवन निर्माण कार्य समेत शुरू हुन लागेकाे अवस्थामा अस्पताललाई चाहिने जग्गा जसरी पनि खालि गरिने गाउँपालिकाका प्रवक्ता विष्टले बताए ।

अहिले डाेजर लगाएर घर टहरा भत्काउने बेलामा गाउपालिका उपाध्यक्ष शान्ति नाथले भने अतिक्रमित जग्गामा डोजर चलाइएको प्रति आपत्ति जनाएकी छिन । उपाध्यक्ष नाथ आफै गाउँपालिकाले गरिरहेकाे कार्यमा विराेध जनाउदै नारा लगाएकि छिन ।

उपाध्यक्ष नाथले भनिन “यसरी घर टहरा भत्काउनुमा आफ्नाे विराेध रहेकाे बताइन । उहाँका अनुसार अस्पताल बनाउनमा आफ्नाे पुर्ण सहयाेग रहेकाे तर पुर्व व्यवस्थापन नगरि घर भत्काईनु राम्रो नभएकाे र ग्रिन बेल्ड हटाउनेनै हाे भने पुरै ७२ विगाहा खालि गरिनु पर्ने भन्दै कसैलाई काँखा कसैलाई पाखा गरेकाे भन्दै आफ्नै सरकारकाे विराेध गर्दै खालि गरिरहेकाे स्थानमा प्रर्दशनमा उत्रिएकि छिन ।

अतिक्रमित जग्गा खाली गराउने बिषयमा सबै जनप्रतिनिधि सहमत भएका बेला उपाध्यक्ष नाथले भने विराेध गरेकी हुन ।

अहिले साे क्षैत्रमा स्थानिय तनाव सिर्जना भएकाे छ । सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु