November 6, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अर्जेन्टिनाले विश्वकप जितेपछि यसो भन्छन् फुटबल प्रेमी थापा

मा प्रकाशित

हिमेश थापा

२४ जुन सन् १९८७ को दिन फुटबल आकाशमा एउटा फूल फुल्यो जसको सुगन्धले आज फुटबल खेल्ने खुट्टाहरू समेत मगमगाएका छन्। जसले फुटबललाई अझ प्रिय बनायो, लाग्छ जसको कला हेर्न ९० मिनेट भित्रको कुनै मिनेट शायद भगवान् समेत अदृश्य रूपमा मैदानमै छिर्ने गर्छन् अनि आफ्नै सृष्टिको फूलबारीको सुगन्धित कला चुम्ने गर्छन्। सिंगो जगत आज त्यो फूललाई एउटा महान् खेलाडी लियोनल आन्द्रेयी मेसीको नाममा सम्बोधन गर्छ। मात्र ५ फिट ७ इन्च अग्लो, लामो र छोटो दुवै कपालमा कमाल फुटबल संसारको एउटा दुर्लभ पात्र आज आफ्नो मातृभूमि अर्जेन्टिनालाई उपाधि‘ जिताएका छन।

तपाईं पहिलोपटक उसलाई देख्नुहुन्छ तपाईंलाई लाग्छ यो बच्चा फुटबल खेल्न सक्दैन। निकै सानो, कमजोर अनि होचो छ। फेरि तुरून्तै तपाईंले महसुस गर्नुहुनेछ कि ऊ जन्मँदै फरक र केही विशेष छ,’ न्यूवेल्स वल्ड व्वाईज्‌का युवा प्रशिक्षक एड्रियनले भनेका थिए। कोरियाका यी प्रशीक्षक लियोनल मेसीका प्रशिक्षक थिए।स्पेनिस क्लब बार्सिलोनाबाट सबै सफलता चुमिसकेका मेसीका ले राष्ट्रिय टिमबाट कोपा सहित आज बिश्वकप सफलता चुमेका छन । खासमा म्याराडोनालाई अर्जेन्टिनामा भगवानसरह सम्मान गरिन्छ साथै अब मेस्सी लाई नि त्यही दर्जा दिइने मा म बिस्वस्त छु। अर्जेन्टिनाको रोजारियो शहरमा जन्मिएका मेसी ३५ वर्षका भए। पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेका मेसीको प्रतिभालाई देखेर बार्सिलोनाको एक स्काउटले उनलाई लामासिया पुर्‍याएको थियो। ‍ 

लामासियामा युथ १५ मा उनले उच्च प्रदर्शन गरे जसका कारण टोलीका प्रशिक्षक फ्रांक राइकार्डको आँखामा परिहाले। २००३ मा पोर्टो विरूद्ध डेब्यु गरे त्यसपछि भने उनले पछाडि फर्केर हेर्नै परेन। सन् १९९४ मा पहिलोपटक न्यूवेल्स वल्ड व्वाइज का लागि फुटबल खेलेका मेसी आज फुटबलको आकाशका चम्किला तारा भएका छन् । मेसीको गोल नै भगवानको कला हो,’ मेसीका बारेमा फ्रांक राइकार्डले भनेका छन्। उनैले मेसीलाई पहिलोपटक बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गराएका थिए । ‘उसका बारेमा वर्णन या विश्लेषण नगर्नुस् केवल तपाईं उसको गेम हेर्नुस् तपाईंले फुटबलको धड्कन पाउनुहुनेछ,’ उनले भनेका थिए। माथिका भनाइहरू मेसीलाई वास्तविक मेसी बनाउन ठूलो योगदान गरेका बार्सिलोना, बायर्न र म्यानचेस्टर सिटीका पुर्व म्यानेजर पेप ग्वार्डिवाला हुन्।

ग्वार्डिवालालाई आधुनिक फुटबलका वास्तविक ब्यवस्थापक भनिन्छ। ग्वार्डिवाला, मेसी, जाभी, इनिएस्टा, पियोल र पिके जस्ता खेलाडीहरूले भरिएको बार्सिलोनाको त्यो टिमको सफलतालाई क्लब इतिहासमैं स्वर्णकाल मानिन्छ । जगतको यो घतलाग्दो पात्रको बारेमा केही लेख्दा अथवा कल्पना गर्दा फुटबलप्रियताको दोस्रो मष्तिक प्रयोग गर्दा अझ सुनमा सुगन्ध हुन्छ। फुटबलप्रियताको तेस्रो आँखाले मात्र मेसीको खास क्षमतालाई देख्न सक्छ । क्रिकेटका सचिन अनि फुटबलका मेसी उस्तैउस्तै लाग्दछन्।

कम बोल्ने अनि भलाद्मी स्वभावका। रात होस् या दिन आफ्नो प्रिय खेलाडीको खेल हेर्न मान्छेले दिनमा समय निकाले भने रातमा निद्रा त्यागे। र्दुइपटक कोपा अमेरिका र एउटा विश्वकपको नजिक पुगेर पनि जित्न नसक्दा मेसीमा कति चोट पुगेको थियोहोला त्यो बेला , अहिले त्यो घाउमा मलम लागेको छ । फाइनलमा पराजित हुँदा कतिपय अवस्थामा उनले आफूले आफूलाई सम्हाल्न निकै संघर्ष गर्नुपरेको बुझ्न सकिन्त्यो। जब अर्जेन्टिना कोपा अमेरिकामा चिलीसँग फाइनलमा पराजित भयो मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे। त्यो अप्रत्याशित थियो । धेरैलाई दुःखी पनि बनायो । तर उनले आफ्नो निर्णयमा पुनर्विचार गरे । फेरि अर्जेन्टिनाको जर्सीमा देखा परे । मेस्सी चतुर फुटबल खेलाडी हुन यो कुरामा दुईमत छैन तर यिनी त्यो भन्दा अझ बढी चतुर कुटनितीमा रहेछन ।

कोपामा पराजित भए लगत्तै संन्यास लिनुनै यिनको चतुर कुटनितीक चाल हो यदि यिनले संन्यास नलिएको भए अर्जेन्टिना भरी यिन्का पुत्ला जल्थे रोसारियोको यिनको प्रतिमा ढल्थ्यो सबै अर्जेन्टिनीहरू र यिनका समर्थक तथा बिरोधी हरू मेस्सीले पेनाल्टी मिस गरेका कारण पराजित भाको हो अब यिनको काम छैन चार-चार ओटा फाईनल मा गोल गर्न नसक्ने खेलाडी कसरी सुपर स्टार हुनसक्छ यि र यस्तै प्रश्न ले घेरीन्थे र यिनको स्टारडम खस्किदै जान्थ्यो जसरी यिनको उमेर ढल्दै गाको छ तर यिनले कुटनितीक तबरले सही समयमा संन्यास को घन्टी बजाए अनी आज सारा संसारले यिनको महत्वपूर्ण गल्ती (फाईनलको पेनाल्टी) भुल्यो लिजेन्ड म्याराडोना देखी तिनका राष्ट्रपति हुदै सारा संसार को सहानुभूति लिन सफल भए। तसर्थ यिनी जती फुटबल मा धुरन्धर छन त्यो भन्दा माथी कुटनितीमा … आलोचकहरू मेसीलाई अर्जेन्टाइनभन्दा ज्यादा क्याटलान ठान्दछन्। सानै उमेरमा अर्जेन्टिना छाडेर उनी स्पेनमा गए। बार्सिलोनाले उनलाई सहयोग नगरेको भए मेसी आजको ठाउँमा आउन निकै कठिन थियो। पटकपटक उनलाई स्पेनिस राष्ट्रिय टिमबाट खेल्ने अवसर प्राप्त भएको थियो तर उनले स्वीकार गरेनन्। उनलाई अर्जेन्टिना प्रिय थियो। क्लब फुटबलमा सर्वाधिक सफल मेसी रास्ट्रिय टोलिको असफलताको खडेरी भंग गर्दै बिस्वकप चुमे । चार पटक च्याम्पियन्स लिग विजेता, ७ पटक बालोन डियोर, तीन पटक युएफा उत्कृष्ट खेलाडी, दश पटक लालिगा च्याम्पियन, सात पटक स्पेनिस कप विजेता, आठ स्पेनिस सुपर कप, तीन फिफा क्लब विश्वकप,कोपा,बिस्वकप सहित ,बिस्वकपमा १३ गोल सहित एकै वर्षमा ९१ गोल लगायत दर्जनौं रकर्डहरु छन ।

आफ्नो करियरको सबैभन्दा सुन्दर ट्रफी उचाल्नको लागि यति लामो यात्रा तय गरेको रोजारियोको सानो केटा…सम्पूर्ण अर्जेन्टिनावासी र फुटबलप्रेमी दर्शकहरूले अन्ततः उनलाइ यति धेरै प्रयासपछि ताज पहिरिएको देखे। उतार चढाव… २०१४ लगभग उनको वर्ष थियो, ऊ असफल भयो … ती सबै कोपा अमेरिका हार्यो ती सबै संसारभरि घृणाहरू, कायरको ट्याग, नक्कली रिटायरमेन्ट, जोकर र अन्य धेरै उनीहरूले भने र भगवानले खेलको देवतालाई न्याय दिनुभएको छ अन्ततः उनको राष्ट्रिय ट्रफी ब्याक टू ब्याक… U-20 विश्वकप, ओलम्पिक स्वर्ण, कोपा अमेरिका र अब विश्वकप !! जीवनभरको कथा…प्रतिभा, मेहनत, लगन र सपनाको कथा..!यो सानो केटा र यो जोशिलो टिमको लागि सुनौलो शब्दमा लेखिएको कथा…टूर्नामेंटको पहिलो खेल हारे पनि उनीहरु फर्किए र फर्केर नहेर्दै अगाडि बढेँ र मेरा शब्दहरू कस्तो फाइनल थियो… फ्रान्सको आक्रमण जीवन्त नभएसम्म उनीहरूले राम्रो खेले तर यो सबै ताराहरूमा लेखिएको थियो कि यो उनको समय हो, यो अल्बिसेलेस्टे वर्ष हो!!!! जीवनमा कहिल्यै हार नमान्नुहोस्, सपना देखीरहनुहोस्, प्रवाहसँगै अगाडि बढिरहनुहोस् र अन्त्यमा तपाईलाई जीवन र सन्तुष्टिको मुकुट मिल्नेछ !! कस्तो टोली, कस्तो सुन्दर खेलको लागि जोश…!!सबैको कडा परिश्रम अन्तमा सार्थक भयो…! #vamosargentina यो अझै पनि सपना जस्तै लाग्छ … २०१० मा पहिलो पटक उसलाई हेरेको थिए र अहिले सम्म उनको विश्व च्याम्पियन भएको हेर्न को लागी पर्खिरहेको थिए, यो कति सुन्दर छ … फुटबल अन्ततः आज राती जित्यो, फुटबल पूरा भयो…न्याय भयो..उनी भन्दा बढी कोही योग्य छैन र उनले सबै टोलीको यो जोशका साथ गरे।!!!! बधाई अर्जेन्टिना ! 🇦🇷 विगतका वर्षको पीडाको आँसु खुशीको आँसुमा परिणत भएको छ…!!❤️❤️फुटबलले हाम्रो मन भाँच्यो र यसलाई फेरि सुधार्यो…जीवनभरको लागि महसुस गर्ने अनुभूति हो…मलाई लाग्छ परमानंद शब्दको अर्थ यही हो र जस्तो लाग्छ !!! साच्चै आज फुटबल ले मेसिलाई गुण तिरेको छ।एक सर्वकालिन महान खेलाडी को स्वर्णीम पल हो यो। म लगायत मेरो पुस्ता भाग्यमानी छौ, आफुले समर्थन गरेको टिम र आफुलाइ मन पर्ने खेलाडीले बिश्वकप उठाएको बिरैले देख्न पाइन्छ। मलाई अझै यो सपना झै लाग्दै छ ” फुटबल ले कृस्टियानो रोनाल्डोलाई गुण तिर्न अधुरै रह्यो,अब यो सम्भब पनि छैन।😥 अब पेले,म्यारोडोना र मेस्सी कै नाम आउने छ, इतिहासमा रहने छ, हाम्रो पुस्ताले रोनाल्डोलाई चिनेका छौ, उहाँको र मेसि को तुलना बराबर नै हुन्छ तर निकट भबिस्यमा आउने पुस्ताले बिश्वबिजेतालाई मात्र चिन्नेछन जसरि हाम्रो पुस्ताले बिस्वबिजेता पेले,म्यारोडोना,ब्राजिलका रोनाल्डो लाई चिनेउ त्यस्तै आउने पुस्ताले बिस्वबिजेता लाई चिन्नेछन । मेरो जिन्दगी को इच्छा पूरा भएको छ , मलाई फुटबल पूरा भएको छ,अब आउने दिनमा फुटबल नहेरेपनी म अघाएको छु ।  ❣️😊 जय मेसि ❣️❣️😊 सात गोल र तीन असिस्ट गरेका मेसीले उत्कृष्ट खेलाडीको अवार्ड ‘गोल्डेन बल’ हात पारे । उपाधि जित्ने क्रममा ३५ वर्षीय उनी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकप इतिहासकै एक्लो खेलाडी बने । मेसीले कतार जानुअघि यसैलाई करिअरको अन्तिम विश्वकप बताइसकेका थिए । विश्वविजेता बनेपछि भने उनले राष्ट्रिय टिमबाट तत्काल संन्यास नलिने घोषणा गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु