नागरिक संवाददाता
काठमाडौं, श्रावन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले प्राधिकरणमा घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनुभएको हो । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । उर्जामन्त्री भुसालले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरिसक्नुभएको छ । हालसम्मको काम सन्तोषजनक नभएको भन्दै सरकारले शाक्यलाई पदबाट बाहिर रहेर सहयाेग गर्न निर्देशन दिएकाे हाे ।