कृष्णपुर
कृष्णपुर नगरपालिका वडा नम्बर ५ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
९ वटा टिमको सहभागिता रहेको फुटबल प्रतियोगिता आइतबार कृष्णपुरको वडा नम्बर ५ स्थित सयपत्री सामुदायिक वनमा रहेको खेल मैदानमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझाले वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
कृष्णपुरमा खेलकुद क्षेत्रको आश लाग्दो स्थान हो त्यसकारण यहाँ खेलकुदको बिकासका लागि नगरले डिपिआरको काम बढाएको प्रमुख अतिथी नगर प्रमुख हेमराज ओझाले बताए । विभिन्न स्तरका खेल प्रतियोगिता सञ्चालन गरेर कृष्णपुरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरबाट पहल गरिने नगर प्रमुख ओझाले बताए ।
बिशिस्ट अतिथी उप प्रमुख द्रौपती राना रहेको कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेयको सभाप्तित्वमा सम्पन्न भएको थियो ।