September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा वन्यजन्तुले बाली सखाप,पिडित किसानलाई राहत दिने नगरकाे तयारी

मा प्रकाशित

पुनर्वास  ।  कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्तिमा जङ्गली हात्ती सँगै वन्यजन्तले बालीनाली सखाप पार्न थालेका छन । भारतीय दुधुवा राष्ट्रिय निकुञ्ज सँग जाेडिएकाे पुनर्वास नगरपालिका ९ सिताबस्तिमा हरेक वर्षझैँ यस वर्ष पनि जङ्गली हात्ती तथा अन्य वन्यजन्तुले वितण्डा मच्चाउन सुरु गरेका हुन ।
भारतीय दुधुवा नेसनल पार्कबाट भित्रिएका जङ्गली हात्ती, नीलगाई, चित्तल लगायत वन्यजन्तुले सो क्षेत्रका एक दर्जन बढी किसानहरूको गँहुबाली र उखु बाली खाएर साथै कुल्चिएर नोक्सान गरेपछि स्थानीयहरू आतङ्कित हुन थालेका छन् । वन्यजन्तुले गँहुबाली तथा उखु बाली पुर्णरूपमा नोक्सानी गरेको छन । गाउँमा वन्यजन्तु पस्न थालेपछि स्थानीयहरू आतङ्कित भएका छन । नगरपालिकाले तथ्याङ्क सँकलन गरी वास्तविक पिडित किसानलाई राहत उपलब्ध गराउने बताएको छ । चालु अार्थिक वर्षमा हात्ति अातंक राेकथाक शिर्षकमा बजेट नभएकाले राेकथाम सम्बन्धी याेजना नभएकाे र अागामी अार्थिक वर्षमा बजेट विनियोजन गरी वन्यजन्तुु नियन्त्रणका कार्यक्रम गरिने नगर प्रमुख ताेय प्रसाद शर्माले बताउनु भयाे ।
पुष १५ गते २ बजे राति भारतीय दुधुवा नेशनल पार्कबाट नेपाल भित्रिएका जङ्गली हात्तीको बथानले पुनर्वास ९ का पदम परियारको १० कट्ठा, राजेन्द्र सुनारको १० कट्ठा, डल्ले सुनारको १० कट्ठा, धनु सुनारको १० कट्ठा, नारायण वडको १० कट्ठा, कलक बिकको १० कट्ठा, पदम विकको १ बिघा, डिल्ली कोली र सूर्य बिक लगायत किसानको गहुँ बाली नष्ट गरेको छ भने जङ्गली हात्तीले  प्रेम बिष्टको १० कट्ठाको उखु पूर्ण रूपमा नष्ट गरेको छ । पुनर्वास नगरपालिका ९ सिताबस्ति स्थित नेपाल भारत सीमा स्तम्भ १८६ पिलर नजिक भारतीय दुधुवा नेसनल पार्कबाट वर्षेनी भित्रिने गरेका जङ्गली हात्तीले उम्रिएर पाक्ने बेलासम्म नोक्सानी गर्ने गरेको दुधुवा निकुञ्ज वन्यजन्तु सङ्घर्ष समिति सदस्य पदम परियारले बताउनु भय‍ो ।
जङ्गली हात्ती बस्तीमा पस्न थालेपछि हात्तीबाट बालीसँगै परिवारलाई जोगाउन रातभरि जाग्राम बस्नुपरेको पीडित धनु सुनारले गुनासो गर्नुभयो । बाली लगाएपछि हात्ती मात्रै नभई नीलगाई, चित्तल, बँदेलले पनि निरन्तर नोक्सान गर्ने गरेको स्थानीय सूर्य विकको भनाइ छ । हात्तीबाट बाली जोगाउन फियान नेपाल गैरसरकारी संस्थाको पहलमा केही भागमा मात्र विद्युतीय तार जाली जडान गरिएको छ भने तार जाली भएको स्थानमा आंशिक रूपमा  जोगिन सफल भए पनि विद्युतीय तार जाली लगाउन अधुरो रहेको स्थानबाट वन्यजन्तुहरू भित्री नोक्सान गर्ने गरेको वन्यजन्तु पीडित सङ्घर्ष समिति अध्यक्ष केशव तिमिल्सिनाले बताउनु भयो । पीडितहरूले भारतीय जङ्गलसँग जोडिएका प्लटमा विद्युतीय तार जाली जडान गरिनु पर्ने माग राखेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु