December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

काँग्रेस संसदीय दलको नेतामा छ जनाको दावी

मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलको नेताका लागि छ जनाले दावी गरेका छन् । पार्टीको प्रदेश महामन्त्रीसमेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, दिवानसिंह बिष्ट, प्रकाश देउवा, शिवराज भट्ट र कमल शाहले दलको नेतामा दावी गरेका प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिए । बिष्ट र शाह संस्थापन इतर समूहका हुन् । देउवा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन् ।

प्रदेश सभा सदस्य बमका अनुसार पदाधिकारी बैठकमा दलको नेताका आकांक्षीले आ–आफ्नो धारणा राखेका थिए । सहमतिमा नेता छान्ने प्रयासका लागि पार्टीको प्रदेश समितिका पदाधिकारीले प्रदेश सभा सदस्यहरुसँग छलफल गरेको बमले बताए । सहमति नभएकाले निर्वाचनबाट नेता चयन गर्ने संभावना बलियो रहेको उनले बताए ।

सहमतिको संभावना भने कम देखिएको उनले बताए । निर्वाचनमा दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा हुने संभावना रहेको काँग्रेसका एक नेताले बताए । प्रदेश सभाको सबैभन्दा ठूलो दल काँग्रेसलाई आकांक्षी धेरै भएपछि संसदीय दलको नेता छान्न सकस परेको हो । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १९ सदस्य छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि काँग्रेस प्रतिपक्षमा रहने संभावना छ । नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी वा एक जना स्वतन्त्रले साथ दिएमा भने यहाँ विपक्षी गठबन्धनको सरकार बन्नसक्छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले भने संसदीय दलको नेता चयन गरिसकेका छन् । प्रदेश सभामुखका लागि २८ पुसमा निर्वाचनको मिति तय गरिएको छ । प्रदेश सभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा स्वतन्त्रबाट निर्वाचित एक सदस्य छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु