April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीको ७ नम्बर वडा द्वारा कम्मल बितरण

मा प्रकाशित

बेलौरी ,

कञ्चनपुरको बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालयले अत्यधिक बढेको शीत लहरबाट जोगाउन २५० थान कम्मल बाँडेको हो ।


कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले जेष्ठ नागरिकलाई कम्मल बितरण गरि कार्यक्रम सुरु गरिएको थियो ।

बेलौरी नगरपालिका ७ नम्बर वडा कार्यालयले वडामा एक कार्यक्रमको आयोजना गरि आफ्नो वडा भित्र बसोबास गर्ने जेष्ठ नागरिक , एकल महिला , दलित र द्वन्द पीडित ,भलमन्सा र चाकरहरु गरि २५० जनालाई कम्मल बितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य दिवानसिंह बिष्टले भने – अत्यधिक बढेको चिसोको समयमा जेष्ठ नागरिक , अपांग लगायतका नागरिकलाई ७ नम्बर वडा कार्यालयद्वारा कम्मल बितरणको यो काम सह्राहनीय भएको बताए ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य बिष्टले भने -प्रदेशबाट समेत क्षेत्रको बिकास र जनहीतका कामहरुमा आफुले पहल गर्ने छु ।
वडा अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु