बेलडाँडी । केही दिन यता बढेको चिसोका कारण कञ्चनपुरको बेलडाँडीमा पनि जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
चिसोलाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिकाले विभिन्न चोक-चोकमा दाउरा वितरण गर्न सुरु गरेको छ ।
गाउँपालिकाले आफ्नो हाता भित्रका प्रमुख चोक चोकमा चिसो छल्नका लागि दाउरा वितरण गरिरहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए ।
विभिन्न दाताहरूसँगको सहकार्यमा सो कार्य गरेको उनले बताए । अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवृद्धाहरु बढी प्रभावित बनेका छन् ।