September 14, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सुचक प्रजातीकाे गणना कार्य सुरु

मा प्रकाशित

जमुना न्युरे
सुखड ।
देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।
जनवरी को पहिलो साता देखि सुरु भयको जलपन्क्षी गणना अन्तिम साता सम्म गरिने चरा बिद चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए ।
रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी)मा हिउँदे आगन्तुक चराको चहलपहल बढेको छ।

हजारौँ किलोमिटर यात्रा तय गरेर हरेक वर्षजसो आउने हिउँदे आगन्तुक जलपन्छीले कैलालीका सिमसार तथा तालतलैया क्षेत्र ढाक्न थालेको छ। जाडो छल्नका लागि साइबेरियाबाट हाँस प्रजातिका विभिन्न प्रकारका जलपन्छी कैलालीको घोडाघोडीमा आउने गरेका छन्।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ ।
कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी तीन दिने गणना कार्य सुरु भएको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी मा रहेको छ ।
घोडाघोडी तालका मुख्य सुचक प्रजाती हरिहास , मगरगोही र जंगली धान रहेका छ्न ।
चरा सरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुन्साधन ग
रिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरु बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चरा हरु आउने गरेका छन् ।

गर्मीको समयमा चराहरुले बच्चा कोरल्ने समय भयकाले यो पटकको गणनामा घोडाघोडी बर्ड सेन्चुरी घोषणा पछिको नियमित रूपमा अवलोकन तथा अनुसन्धान गरि रहेको छ । कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भयको छ । बगाले सिमकुखुरा ( कमन मुर्हेन) , नादुन हास , सिमकुखुरा (ह्वाइट ब्रेसेड वाटरहेन ) , सिलसिले हास ( लेसर ह्व्स्लिङ डग ) , लामा औले ( ज्याकेना) , जल अपसरा ( फिनसटे टेल ज्याकेना ) राजलाहाछे सुनजुरे हास लगायत का चरा यश अघिको गणनामा बचेरा सहित देखा परेका गणक टोलि का प्रमुख दयाराम चौधरी ले जानकारी दियका छ्न।

घोडाघोडी तालमा १० जना को गणना टोलि तालमा पुगेको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिदै छ । घोडाघोडी तालमा बिश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन । चरा सरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ । । गणक टोलि ले घोडाघोडी ताललाइ तीन खन्डमा बिभाजन गरि एकै समयमा गणना गरेको छ। गणना तीन दिन सम्म गरिने छ ।देश भरिमा प्रकृतिप्रेमी जलपन्छी गणना उत्सब को रूपमा जनवरिको पहिलो साता .देखि अन्तिम सम्म जलपन्छी गणना गरिन्छ ।

जाडो छ्ल्नका लागि विभिन्न देशहरु बाट नेपाल आउने गरेका छ्न ।गणनामा हिड्दा रैथाने तथा आगन्तुक चरा नजिक बाट चिनेने अबसर पाइने सहभागी ज्ञान बहादुर चौधरीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु