पुनर्वास ।
पुनर्वास ११ भिमबस्तीमा रहेकाे सिद्धदेबि महिला सामुदायिक बन उपभोक्ता समुहको सातौं बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट समुहको अध्यक्ष यम बहादुर मगरको संयोजकतामा नयाँ कार्यसमिती गठन भएको हो ।
समुहको नबनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मान बहादुर धामी, सचिबमा चन्द्र सिह ठकुल्ला र सह-सचिबमा सरस्वती रेग्मी, कोषाध्यक्षमा शर्मिला देबि थापा निर्वाचित भए भने सदस्यहरुमा कृष्ण बिष्ट, तुलाराम जोशी, नन्दामाया काफ्ले, शेर बहादुर बिक, जमुना बिक र धनिराम बोहरा निर्वाचित भएका हुन् ।
आर्थिक बर्ष २०७८/७९ को आय ब्याय प्रस्तुति संगै अबका दिनमा गर्ने कामको कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । अर्थिक बर्ष २०७८/७९ मा ४ लाख ५५ हजार एक सय चौउन्न रुपैयाको आयब्याय समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा
जनप्रतिनिधि, उपभोक्ता समुहका सदस्य पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहेको कार्यक्रमलाई सञ्चालन केशब भट्टराईले गरेका थिए ।
मा प्रकाशित